आजबाट दैनिक एक घण्टा लोडसेडिङ घट्यो ।

आजबाट दैनिक एक घण्टा लोडसेडिङ घट्यो ।

  • शनिबार, बैशाख १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाण्डौ ,१२ वैशाख ।
नेपाल विद्युत् प्राधिकरणले आजदेखि लागु हुनेगरी दैनिक एक घण्टा लोडसेडिङको घटाएको छ । हाल दैनिक आठ घण्टा हुँदै आएको लोडसेडिङ आज देखि सात घन्टाभन्दा कम हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको नयाँ तालिकाअनुसार अब सातामा ४७ घन्टासम्म लोडसेडिङ हुनेछ । यसअघि सातामा ५५ घन्टासम्म लोडसेडिङ हुँदै आएको थियो ।

अब सातामा ४ दिन ६ घन्टा, दुईदिन ८ घन्टा र एकदिन ७ घन्टा बिजुली काटिने छ । ‘कुलेखानी जलासयको पानी सन्चिती अनुकूल रहेकाले साविकमा हुँदै आइरहेको लोडसेडिङ तालिकामा हेरफेर गरिएको’ प्राधिकरणले जनाएको छ ।

हाल विद्युतको माग १२ सय मेगावाट छ । प्रणाली सञ्चालनमा अझै साढे पाँच सय मेगावाट विद्युत अपुग रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी