संविधान निर्माणको लागि सबै लचक बनौ : प्रधानमन्त्री

संविधान निर्माणको लागि सबै लचक बनौ : प्रधानमन्त्री

  • शुक्रबार, बैशाख ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

काठमाडाैं,११ बैशाख ।

प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणका लागि सबै पक्ष लचक हुनुपर्ने बताएका छन् । लोकतन्त्र दिवस २०७२ को शुशभकामना सन्देश एवं सबै नेपालीलाई बधाई दिंदै प्रधानमन्त्री कोइरालाले देश र जनताको चाहना अनुसार संविधान बनाउन सबै लचक हुनुपर्ने जनाएका हुन् ।

‘लोकतन्त्र दिवसको यस पुनित अवसरमा म संविधानसभा भित्र र बाहिर रहेका सबै राजनीतिक शक्तिहरुलाई शहिदहरुको सपना, देश र जनताको आवश्यकता तथा चाहना मुताविक लोकतान्त्रिक संविधान निर्माणमा अत्यधिक लचकता अपनाएर संविधान निर्माणलाई टुंगोमा पु¥याई मुलुकको हित र जनताको सुख,शान्ति र समृद्धिको लागि आर्थिक–सामाजिक विकास निर्माणमा सरिक हुन हार्दिक अनुरोध गर्दछु ।’ प्रधानमन्त्रीको सन्देशमा भनिएको छ ।

निरङ्कुशता अन्त्य गर्दै जनताको हक–अधिकार उपभोग गरी स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न बनाउन अधिनायकवादी र निरङ्कुश शासन विरुद्ध निरन्तर भएका आन्दोलन र २०६२ /६३ को निर्णायक ऐतिहासिक जनआन्दोलन भएको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपालमा लोकतान्त्रिक शासन पद्धतिलाई चीरस्थायी बनाएर नेपाल र नेपालीको भविष्य उज्ज्वल बनाउने सपना साकार पार्न जीवन बलिदान गरेका शहिदहरुले सुम्पिएर गएका बाँकी जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न प्रेरणा दिएको बताएका छन् ।

नेपाली जनताले लोकतान्त्रिक शासन पद्धतिको लागि झण्डै एक शताब्दीदेखि गर्दै आएको संघर्षको परिणाम स्वरुप प्राप्त संघीयता, गणतन्त्र र समावेशिता सहितको लोकतन्त्रलाई संविधानसभाबाट बन्ने संविधानमा लिपिबद्ध गरी संस्थागत गर्ने ऐतिहासिक चरणमा भन्दै उनले भनेका छन्, ‘विगतमा शान्तिप्रकृयाका जटिल मानिएका विषयहरुलाई आपसी संवाद,सहकार्य,मेलमिलाप र एकताका माध्यमबाट कायम भएको सहमतिका आधारमा समाधानमा पु¥याइएको अनुभवलाई संविधान निर्माणमा पनि उपयोग गरेर नेपाली जनताको चाहाना बमोजिमको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्न यस दिवसले सबैलाई प्रेरित गर्न सकोस् ।’

लोकतन्त्र दिवस २०७२ को अवसरमा नेपाली जनताले लामो र बलिदानपूर्ण संघर्षबाट प्राप्त  गरेका अधिकारलाई संविधानमा लिपिबद्ध गरी संस्थागत गर्ने कार्यमा धैर्यतापूर्वक साथ पाउने अपेक्षा उनले गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी