विप्लवसँग राधा आतंकित, किन गरिन् पटक–पटक फोन ?

विप्लवसँग राधा आतंकित, किन गरिन् पटक–पटक फोन ?

  • शुक्रबार, बैशाख ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं ११बैशाख।

जलविद्युत सम्झौतामा राष्ट्रघाट भएको दाबी गर्दै सम्झौता गर्नेहरुप्रति आक्रामक रुपमा प्रस्तुत भएको विप्लव माओवादीलाई फकाउन ऊर्जा क्षेत्रका अधिकारीहरु लागिपरेका छन् ।

पछिल्लो समय लगानी बोर्डका कार्यकारी निर्देशक राधेश पन्तदेखि ऊर्जासचिवसम्मको घरमा माओवादी कालोझण्डा गाड्न पुगेपछि आतंकित भएका अधिकारीहरु विप्लव माओवादीलाई सम्झौताबारे आस्वस्त पार्न लागि परेका हुन् ।

स्रोतका अनुसार स्वयम् ऊर्जामन्त्री राधा ज्ञवाली विप्लवलाई भेटेर सझौताबारे आस्वस्त पार्न लागिपरेकी छन् । तर, विप्लवले उनलाई भेट्न नचाहेपछि उनी तनावमा रहेकी छन् ।

पटकपटक विप्लवलाई भेट्ने प्रयास विफल भएपछि तनावमा रहेकी ज्ञवालीले विप्लवलाई पटकपटक फोन समेत गर्ने गरेको एक नेताले बताए । तर, विप्लव भने उनकै शब्दमा ‘ राष्ट्रघाती सम्झौता’ नसच्याएसम्म नभेट्ने अडानमा छन् ।

चन्द माओवादीले भारतीय कम्पनी जिएमआर र लगानी बोर्डबीच माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणका लागि भएको आयोजना विकास सम्झौता र नेपाल र भारत सरकारबीच भएको विद्युत व्यापार सम्झौता पिटीएको विरोध गर्दै आएको छ । ती दुई सम्झौतालाई राष्ट्रघातीको संज्ञा दिँदै उसले आन्दोलन घोषणा गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी