सिटिभिटीको शुल्क वृद्धि बिरुद्ध कडा आन्दोलन ः गौतम

सिटिभिटीको शुल्क वृद्धि बिरुद्ध कडा आन्दोलन ः गौतम

  • बिहिबार, बैशाख १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौँ १० बैसाख।

मोहन बैद्य नेतृत्वमा रहेको नेकपा- माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष शुरेस गौतमले हालै सिटिभिटीले बढाएको अत्याधीक शुल्क वृद्धी नघटाए कडा अन्दोलन गर्ने चेतावानी दिएका छन् ।

आज राजधानीको सम्बाद डबलीमा सिटीइभिटीइले गरेको मूल्य वृद्धिको बिरुद्ध आन्दोलन घोसणा गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो धारणा राखेका छन् ।

क्रान्तिकारीले एक बिज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम पनी घोषणा गरेको छ । बिज्ञप्तिमा भनिएको छ देश राजनीतिक संकटबाट अगाडि बढिरहेको छ । संक्रणकालको यो अवस्था निकै डरलाग्दो ढंगले चलिरहेको छ ।

मुलुकको यो जटिल प्रक्रियाले शिक्षा, स्वास्थ्य लगायत क्षेत्रलाई गम्भिर असर गरिरहेको छ । राजनीतिक संकटको फाइदा उठाएर धमिलो पानीमा माछा मार्ने षड्यन्त्र शिक्षा क्षेत्रमा प्रस्टै देखिएको छ ।

शिक्षा जस्तो संवेदनशिल क्षेत्रमा जताततै अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले छापा मार्ने, गिरफ्तारी र निलम्वनका प्रक्रिया सामान्य जस्तै बनेका छन ।

शिक्षा क्षेत्रमा चारैतिरबाट भ्रष्टीकरण र माफियाकरणले जरो गाडेको छ । शिक्षा मन्त्रालय र त्यसका मातहतका निकायहरु, निजी क्षेत्रका ब्यापारिक शैक्षिक माफियाहरुको प्रभाव र दवावमा चलिरहेको छ ।

विज्ञप्तिमा अगाडी भनिएको छ शुल्क वृद्धिको निर्णय पश्चात संयमता पुर्वक हाम्रो संगठन लगायत अरु विद्यार्थी संगठनको तर्फबाट यसको विरोध हुदै आएको छ ।

क्रान्तिकारीले पटक पटकको छलफल र वार्ता उपलब्धीपूर्ण नभएको र त्यसबाट कुनै निष्कर्ष आउने संकेत नदेखिएकोले बाध्य भएर आफ्नो तर्फबाट आन्दोलन र संघर्षका कार्यक्रमहरु घोषणा गर्न वाध्य भएको बताएको छ।

क्रान्तिकारीले १० गते देखि १७ गते सम्म प्रचार–प्रसार गर्ने १३ गते CTEVT कार्यालयमा डेलिगेसन  (अन्तरक्रिया, भित्तेलेखन, पोष्टरिङ) गर्ने १८ गते देखि २४ गते सम्म जन परिचालन ( धर्ना, विद्यार्थी तथा अविभावक संग छलफल तथा अन्तरक्रिया) २५ देखि क्रियात्मक तथा प्रतिरोधात्मक आन्दोलन थाल्ने (तालाबन्दि, हड्ताल लगायत)का कार्यक्रमहरु गर्ने घोषणा गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी