जाजरकोटमा फैलिएको महामारी चाँडो नियन्त्रण गर्न निर्देशन

जाजरकोटमा फैलिएको महामारी चाँडो नियन्त्रण गर्न निर्देशन

  • बिहिबार, बैशाख १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौँ, ९ वैशाख ।

व्यवस्थापिका-संसद महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाज कल्याण समितिले जाजरकोटमा फैलिएको मौसमी रूघाखोकी (फ्लु) को महामारी अन्य जिल्लामा समेत फैलिँदै गएको सन्दर्भमा जतिसक्दो चाँडो प्रभावकारी नियन्त्रणका लागि सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारस्थित समितिको कार्यालयमा आज बसेको बैठकले तीन हप्तादेखि फैलिएकोको महामारीबाट थप मृत्यु हुन नदिन रोगीहरूको स्वास्थ्यकर्मीसँग पहुच सुनिश्चित गर्न समेत निर्देशन दिएको छ ।

महामारी प्रभावित क्षेत्रमा नियन्त्रणको लागि स्वास्थ्य, शिक्षा, खानेपानी, सरसरफाइ, पोषणलगायतको अभियान सञ्चालन गर्न र अध्ययन अनुसन्धान गरी भविष्यको लागि योजना बनाउन पनि समितिले आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी