गलकोट ५ बैसाख।
पुष्पलाल मध्य पहाडी लोकमार्गमा कालोपत्रे सुरु भयको छ । लोकमार्ग अन्तगर्त घोडाबाधे देखि हटिया खण्ड मध्येको दुदिलाभाटी १ चौराह देखि नरेठाटी ४ सम्मको १० किलोमिटर सडकमा कालोपत्रे सुरु गरिएको हो ।
उक्त खण्डको टेन्डर पाएको लुम्बिनि एपेक्स जे बि प्रालि ले सम्पुर्ण पुर्बाधार निर्माण संगै कालोपत्रे अघि बढाएको हो । गत बिहिबार देखि कालोपत्रेको पहिलो चरण अन्तगर्त १ किमि सडक मा प्राईमर छर्ने काम सकिसकेको छ ,सडकको वन साईडमा प्राईमरको काम गरेपनि बेमौसमी बर्षाले समस्या पारेको कम्पनिले जनाएको छ ।
‘ हामीले कालोपत्रेको सबै पुर्बाधार तयार गरेर काम अघि बढाएका छौ ,तर दैनिक जसो पानी पर्दा काम गुणस्तरिय नहुने हुदा १ किमि सडकमा मात्र प्राईमरको काम सकिएको छ ‘ कम्पनिका ईन्जिनियर राजदेब महतोले बताए ।
कालोपत्रेको पहिलो चरणमा २० मिलिमिटर प्राईमर बिछ्छाईने ,त्यसपछि १० मिमिको चिप्स गिटी हालेर पेले पछि त्यसमा अलकत्रा र गिटी गरि जम्मा ३ सेन्टिमिटर बाक्लो कालोपत्र गरिने ईन्जिनियर महतोले बताए ।
बर्षाले समस्या नपारे अबको १ महिना भित्र कम्पनिले जिम्मा लिएको दुबै खण्ड को १० किमि कालोपत्रे गरेर सकिने एपेक्स जे बि का काशिराम बोहोराले जानकारी दिए ।
निर्माणाधिन लोकमार्गको चौडाई ९ मिटर रहेकोमा नाली र पैदलमार्ग छाडेर साढे सात मिटर चौडाईमा कालोपत्रे गरिदै छ ।
रिजालचोक देखि हटिया सम्मको २० किमि सडकमा तिन वटा निर्माण कम्पनिले ४ खण्डमा काम गरिरहे पनि अन्य खण्डले सडक स्तरउन्नतीको काम तिब्र पारिरहेका छन् ।