सिन्धुपाल्चोक ४ वैशाख ।
नेत्र बिक्रम चन्द “विप्लव” नेतृत्वमा रहेको नेकपा माओवादीले एकपछि अर्को जग्गा कब्जा गर्दै गइरहेको छ।
यसै क्रममा उसले सिन्धुपाल्चोकमा पूर्वसिँचाइमन्त्रीको ३५० रोपनी जग्गा कब्जा गरेको छ । पूर्ववनमन्त्री नेत्रविक्रम थापाको सिन्धुपाल्चोकको डाँडेगाउँ गाविस,भीमटारमा रहेको जग्गा विप्लव माओवादीले कब्जा गरेको हो ।
माओवादीले बिहीबार एक बिज्ञप्ति जारी गर्दै पार्टीको झन्डा गाडेर राणाको जग्गा कब्जा गरेको जनाएको छ ।
माओवादीका जिल्ला सेक्रेटरी कमला माझीले बिज्ञप्ति जारी गर्दै पूर्वसिँचाइमन्त्रीको जग्गा पार्टीले कब्जा गरेको जानकारी दिइएको छ ।
माओवादीका अनुसार पुरानो पञ्च राणाले फट्याइ र जालेझेल गरेर जनताको जग्गामा हैकम चलाएकाले माओवादीले जग्गा कब्जा गरेको हो ।
यसअघि पनि थापाको जग्गा माओवादीले कब्जा गरेको थियो । शान्ति प्रक्रिया आएपछि भने त्यो जग्गा थापाले नै चलन गर्दै आएका थिए ।