करिब ६ प्रतिशत बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर

करिब ६ प्रतिशत बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर

  • शुक्रबार, बैशाख ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

म्याग्दी, ४ बैशाख ।

सरकारको देशव्यापी कार्यक्रम अनुसार म्याग्दीमा पनि विद्यार्थी भर्ना अभियान चलिरहेको छ ।

जिल्लामा यसपटक विद्यालयको पहुँचभन्दा बाहिर रहेका करिब ६ प्रतिशत बालबालिकालाई पनि यो पटक भर्ना गराउने लक्ष्य राखिएको जिल्ला शिक्षा कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्लामा हाल करिब ९४ दशमलव ३ प्रतिशत बालबालिका मात्रै विद्यालयमा भर्ना रहेकामा भर्ना अभियानबाट विद्यालय जानबाट वञ्चित रहेका ५ दशमलव ७ प्रतिशत बालबालिकालाई समेट्ने लक्ष्य राखिएको जिल्ला शिक्षा कार्यालयका निमित्त जिल्ला शिक्षा अधिकारी टेक प्रसाद पाण्डेले जानकारी दिएका छन् ।

वैशाख ३ गतेदेखि १५ गतेसम्म भर्ना हुन विद्यालय आउने विद्यार्थीलाई विद्यालयमा नियमित भर्ना गराउने र त्यसपछि वैशाख ३० सम्म घरदैलो अभियानमार्फत तथ्याङ्क सङ्कलन गरी विद्यार्थी भर्ना गराउने सरकारको कार्यक्रम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी