शुक्लाफाँटामा गैंडा गणना आजदेखि सुरु

शुक्लाफाँटामा गैंडा गणना आजदेखि सुरु

  • शुक्रबार, बैशाख ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

भीमदत्तनगर, ४ वैशाख ।

कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा आजदेखि गैंडा गणना सुरु भएको छ ।

शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले भन्नुभयो,“हप्ता, दश दिनमा गणना गरिसक्छौँ, गणनाका लागि स्थानीय कर्मचारी टोली नै खटिन्छ ।”

गणना कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष र विश्व वन्यजन्तु कोष, तराई भू–परिधि कार्यक्रमको सहकार्य रहेको आरक्ष कार्यालयले जनाएको छ ।

सो कार्यालयले दिएको जानकारीअनुसार गत वर्षको गणनामा आरक्षमा आठवटा एकसिङ्गे गैंडा भेटिएका थिए । नेपालमा सन् १९९४ देखि प्रत्येक चार वर्षमा गैंडा गणना हुँदै आएको छ ।

प्रत्येक गैंडाको टाउको गणना गरिने यस विधिबाट जङ्गलमा गैंडाबाहेक अन्य वन्यजन्तुको जीवनशैली, चोरी सिकारीको अवस्था, आहार तथा पानीको अवस्थाका बारेमा समेत थाहा पाइने ढकालको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी