डाक्टर होइन मोडल बन्छु: सोफिया

डाक्टर होइन मोडल बन्छु: सोफिया

  • बिहिबार, बैशाख ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 15.9K
    SHARES

काठमाडौं, ३ बैशाख ।

अधिकांश विद्यार्थीलाई भविष्यमा के बन्ने भनेर प्रश्न गर्‍यो भने डाक्टर, पाइलट भन्ने जवाफ आउँछ । तर पेप्सीकोला, भक्तपुरकी सोफिया न्यौपाने मोडलिङ क्षेत्रमा आफ्नो करियर बनाउने सोचमा छिन ।

निकेश खडकाले निर्देशन गरेको एउटा म्यूजिक भिडियोमा अभिनय गरिसकेकी उनी ५ फिट चार इन्च अग्ली छिन ।

२१ बर्षिया सोफियाले दार्जिलिङको रेबोन मेमोरियल स्कुलबाट माध्यमिक सिद्धाएकी हुन । स्कुल स्तरका नृत्य प्रतियोगिताहरुमा धेरैपटक उपाधि जितिसकेकी उनलाई र्‍याम्पमा पनि सक्रिय हुने मन छ ।

बेङ्गलोरको इष्ट पोइन्ट कलेजबाट साइन्समा प्लस टु सकेपछिको फूर्सदको समयलाई उनी अभिनय कलालाई मजबुत पार्न क्रियाशिल छिन । परिवारबाट डाक्टर पढ्न दबाब भए पनि उनी मोडलिङ्ग क्षेत्रमै रमाउने योजना बनाइसकेकी छिन् ।

विभिन्न वेभसाइटहरुमा फोटोसुट गरिसकेकी उनी चाँडै नै अर्को म्यूजिक भिडियोमा अभिनय गर्ने भएकी छिन ।

सर्ट–पाइन्टलाई कम्र्फटेवल पहिरनका रुपमा सजिएर हिडडुल गर्न रुचाउने शोफियालाई ‘भल्गर’ सिनहरुमा भने पटक्कै रुची छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी