जबर्जस्ती करणी मुद्दामा ७४ पक्राउ

जबर्जस्ती करणी मुद्दामा ७४ पक्राउ

  • बिहिबार, बैशाख ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

बनेपा, ३ वैशाख ।

काभ्रेपलाञ्चोक जिल्लामा जबर्जस्ती करणी र जबर्जस्ती करणी उद्योगका मुद्दामा पहिल्लो पाँच वर्षमा ७४ जना पक्राउ परेका छन् ।

ती घटनामा अझै १३ फरार छन् । पछिल्लो पाँच वर्षमा ७३ जबर्जस्ती करणी र जबर्जस्ती करणी उद्योगसम्बन्धी मुद्दा दर्ता भएको छ ।

दर्ता भएका मुद्दामध्ये जबर्जस्ती करणीका ५४ र जबर्जस्ती करणी उद्योगका १९ मुद्दा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार आव ०६६/०६७ मा दर्ता भएका चार जबर्जस्ती करणीका मुद्दामा चार, ०६७÷०६८ मा दर्ता भएका सात जबर्जस्ती करणीका मुद्दामा सात र ०६८/०६९ मा तीन जबर्जस्ती करणीका मुद्दामा दुई पक्राउ परेका तथा एक फरार छन् ।

सोही आवको जबर्जस्ती करणी उद्योगका दुई मुद्दामा दुई पक्राउ परेका छन् । त्यस्तै आव ०६९/०७० मा जबर्जस्ती करणीका १३ मुद्दामा १७ फक्राउ परेका तथा तीन फरार छन् ।

सोही आवको जबर्जस्ती करणी उद्योगसम्बन्धी चार मुद्दा दर्ता भएकामा तीन पक्राउ परेका र दुई फरार छन् । आव ०७०/०७१ मा दर्ता भएका जबर्जस्ती करणीका २२ मुद्दामा २० पक्राउ परेका तथा छ फरार छन् ।

सोही आवको जबर्जस्ती करणी उद्योगका नौ मुद्दामा १० पक्राउ परेका छन् । आव ०७१/०७२ मा दर्ता भएका जबर्जस्ती करणीका १४ मुद्दामा १६ पक्राउ परेका तथा एक फरार छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी