सम्युक्त रुपमा शुभकामना आदनप्रदान

सम्युक्त रुपमा शुभकामना आदनप्रदान

  • बुधबार, बैशाख २, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

रोल्पा २ बैषाख।

नयाँ वर्ष २०७२ सालकोे अवसर पारेर रोल्पाका २ वटा साँगेतिक सस्थाहरुले सम्युक्त रुपमा शुभकामना आदनप्रदान तथा पिक्नीक कार्यक्रम सम्पन्न गरेका छन् ।

सुनछहरी कला केन्द्र लिबाङ रोल्पा तथा नेपाल राष्ट्रिय लोकदोहारी प्रतिष्ठान जिल्ला शाखा रोल्पाको आयोजनामा लिबाङ नगर पालिका सातदोबाटोमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सुनछहरी कला केन्द्रका अध्यक्ष दिपिन थापा मगर र लोक दोहिरी प्रतिष्ठान रोल्पाका अध्यक्षको न्यतृत्वमा सम्पन्न कार्यक्रममा २०७१ सालमा भए गरेका राम्रा नराम्रा कार्यहरुको समिक्षा गर्दै नव वर्ष २०७२ सालको सँस्थागत कार्ययोजना समेत तयार पारिएको छ ।

रोल्पा जिल्लाको कला सँस्कृतिको सम्रक्षण गर्दै गितसँगितको माध्यमबाट गाउँगाउँमा जनचेतना मुलक कार्यक्रम गर्दै आएको यी सँस्थाहरुले नयाँ वर्षको सुरुवात सँगै जिल्लामा लुकेर रहेका कला प्रतिभाहरुको खोजी गरि साँस्कृति रुपमा सम्ररक्षण गर्दै जाने बताएका छन् ।

कार्यक्रममा बोल्दै कला केन्द्रका अध्यक्ष दिपिन थापा मगर तथा लोक दोहारी प्रतिष्ठानका अध्यक्ष खव्वु चन्चल मगरले आफ्नो साँस्कृतिक सँस्थाहरुले जिल्ला स्थित विभिन्न सरकारी तथा गैर सरकारी सँघ सस्थाहरु सँग सहकार्य गर्दै जाने पनि बताएका छन् ।

जिल्लाका विभन्न सरकारी तथा गैर सरकारी सँघ सस्थाको सहयोगमा जिल्लाको अधिकांस गाउँ समाजमा कला प्रतिभाको माध्यमबाट लैङ्गीक हिंसा, बालविवाह, स्वास्थ्य, शिक्षा, सरसफाइ, जलबायु परिवर्तण लगाएतका जनचेतना मुलक कार्यक्रम गर्दै आएको र अझै साँगेतिक क्षेत्रबाट सचेतना मुलक कार्यक्रम गर्दै जाने बताईएको छ ।

शुभकामना आदनप्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले सभा सम्मेलनको माहोल तताउने र गाउँमा जनचेतना फैलाने बाहेक जिल्लामा हुने अन्य महत्वपूर्ण कार्यक्रममा कलाकारहरुको सहभागिता र सम्मान हुन नसकेको बताएका छन् ।

शुभकामना आदनप्रदान तथा केहि समयको नाचगान सँगै समापन भएको कार्यक्रममा स्वास्थ्य कर्मी, कलाकार, पत्रकार , सञ्चार कर्मी , सरकारी तथा गैर सरकारी सँघ सस्थाका प्रमुख प्रतिनिधी ,सुनछहरी कला केन्द्र रोल्पाका पदाधिकारी सदस्यहरु र राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान रोल्पाका पदाधिकारी सयस्यहरु लगाएतको उपस्थितिरहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी