विप्लव माओवादीद्वारा लम्जुङमा जग्गा कब्जा

विप्लव माओवादीद्वारा लम्जुङमा जग्गा कब्जा

  • बुधबार, बैशाख २, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

लम्जुङ, ३० चैत।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले लम्जुङमा ४ रोपनी जग्गामा झण्डा गाडेको छ ।  लम्जुङको धमिलकुँवा गाविसको वार्ड नं. ४ मा रहेको एक सार्वजनिक जग्गालाई हडप्न खोज्ने व्यक्तिको क्रियाकलापमाथि रोक लगाउँदै माओवादीले उक्त झण्डा गाडेको हो ।

माओवादी लम्जुङले स्थानीय आमा समूह, बुद्धिजीवी र सर्वसाधारणकै माग र उनीहरुको सहभागितामा सो जग्गा कब्जा गरेको हो ।

सोही गाउँका रोइडीराज चिलवालले स्थानीय जनताको विरोधका वावजुत सार्वजनिक जग्गा लामो समयदेखि आफ्नो कब्जामा लिन खोज्दै आएका थिए ।

जिल्ला प्राविधिक कार्यालयका पूर्व कर्मचारी समेत रहेका मालपोत कार्यालयबाट कागजपत्रसमेत तयार गरेर उक्त जग्गा आफ्नो भएको दावी गर्दै आएका थिए ।

स्थानीयवासीले अहिलेसम्म सबैले उपभोग गर्दै आएको आफ्नो गाउँको सार्वजनिक जग्गा कुनै व्यक्तिले दावी गर्दैमा नहुने भन्दै विरोध जनाउँदै आएका थिए ।

चिलवालले भने गाउँलेलाई बिभिन्न धम्की दिँदै उक्त जग्गा हातमा लिने प्रयत्न गरिरहेका थिए । गाउँको सडकले छोएको उक्त जग्गामा रुखहरु धेरै भएकोले चिलवालले त्यो सबै काठ आफूले बिक्री गर्ने र जग्गा प्लटिङ गरी बेच्ने योजना बनाएका थिए ।

सो कुरा थाहा पाएपछि गाउँलेहरुले आफूहरुलाई जानकारी गराएको र आफूहरुले गाउँलेको आग्रहमा जग्गालाई नियन्त्रणमा लिएको नेकपा माओवादीका लम्जुङ जिल्ला इन्चार्ज देवेन्द्र पौडेल प्रतापले जनाए ।

उनले त्यो जग्गा सार्वजनिक भएकाले आम गाउँलेको हक रहने तर चिलवालले कुनै पनि दावी गर्न नपाउने बताए । आफूहरुले सार्वजनिक जग्गालाई निजीकरण गर्ने प्रयास नगर्न चिलवाललाई जानकारी गराएको पनि उनले बताए ।

साथै उनले जिल्लाका अन्य ठाउँमा पनि यस्तै गरी गुण्डागर्दी गरेर जनतालाई तर्साउँदै सार्वजनिक जग्गा आफ्नो बनाउने, सार्वजनिक जग्गा प्लटिङ गरी दलाली गर्नेहरुमाथिको कारवाही अझै बढाउने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी