सिरुवा पर्वः जुडशीतलका साथै चुल्होको पूजा

सिरुवा पर्वः जुडशीतलका साथै चुल्होको पूजा

  • बुधबार, बैशाख २, २०७२
  • मिर्मिरे अनलाइन

  • 16.6K
    SHARES

विराटनगर, २ वैशाख ।

तराईका जिल्लामा सिरुवा पर्वको दोस्रो दिन आज बिहानैदेखि जुडशीतल पर्वका रुपमा मनाइँदै छ । मैथिल समुदायका साथै थारु, राजवंशी, गनगाई र सन्थाल आदिवासी जनजातिले पनि आस्थाका साथ यो पर्व मनाइरहेका छन् ।

यस पर्वका अवसरमा बिहानै परिवार अग्रज एवम् आफन्तले घरको देउतासमक्ष अर्पन गरिएको कलशको जल लिएर वर्षभरि सुख शान्ति एवम् मङ्गलमय कामनाका साथै अञ्जुलीमा जल लिएर परिवारका सदस्यहरुलाई टाउकोमा राखी आशीर्वाद दिने परम्परा रहेको छ ।

यसका साथै आफ्ना खेतबारीमा रहेको सबै रुखको जरामा पानी दिने, बाटोघाटोमा पानी छर्कने, वरपरका फोहर सरसफाइका साथै अनिवार्यरुपमा इनारको सफाइ गरिन्छ । सो क्रममा युवाले एक आपसमा हिलो दलेर सुरुवा पर्व मनाइने गरिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी