कपिलवस्तु, २ वैशाख ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बरकलपुर गाविस–४ चम्मापुरमा दुर्घटना हुँदा दुई जनाको मुत्यु हुनुको साथै चारजना घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ आइरहेको ना.४ ख ४६९६ नं को बस र विपरीत दिशाबाट आइरहेकोे लु २ च ४८६९ को ट्र्याक्टर एकआपसमा ठोकिँदा सो दुर्घटना भएको हो ।
मृत्यु हुनेमा ट्र्याक्टरमा सवार बरकलपुर–४ कपिलवस्तुका वर्ष १८ का रियाज मुसलमान र सोही स्थानका वर्ष २० का मुस्तफा धोवी रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै घाइते हुनेमा आकाश थारु, जमिरुल्लाह धोवी, लालबहादुर थारु र राधेश्याम यादवलाई उपचारको लागि अञ्चल अस्पताल बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline