भक्तपुर, २ बैशाख ।
भक्तपुरस्थित मध्यपुरथिमीको बोडेमा प्रत्येक वर्ष वैशाख २ गते मनाइने प्रसिद्ध जिब्रो छेड्ने जात्रा आज मनाइँदै छ ।
जात्रामा यसवर्ष पनि बोडेका ३४ वर्षीय जुजुभाई वाँस श्रेष्ठले जिब्रो छेडाउंदै छन् ।
विगत ६ वर्षदेखि निरन्तर जिब्रो छेडाउँदै आउनु भएको श्रेष्ठले अरु कोहि पनि जिब्रो छेड्न तयार नभएपछि संस्कृतिलाई जीवन्त राख्न यो वर्ष पनि सातौं पटक जिब्रो छेड्न लागेको बताएका छन् ।
यस्तै आजै मध्यपुरथिमी नगरपालिका क्षेत्रका वासिन्दाले हर्षोल्लासका साथ सिन्दुरजात्रा पनि मनाउंदै छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline