काठमाडौँ, २ वैशाख ।
प्रधानमन्त्री सुशील कोइरालासँग नर्वेको विदेश राज्यमन्त्री मोर्टेन हगलन्डले आज भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा प्रधानमन्त्री कोइराला र राज्यमन्त्री हगलन्डबीच नेपाल र नर्वेबीचको आपसी सम्बन्ध तथा द्विपक्षीय विकास सहयोगबारे छलफल भएको थियो ।
भेटमा वैकल्पिक ऊर्जा, जलविद्युत्, शिक्षा र सुशासनका क्षेत्रमा नर्वेले प्रदान गर्दै आएको सहयोगका बारेमा कुराकानी भएको भेटपछि राज्यमन्त्री हगलन्डले सञ्चारकर्मीलाई जानकारी दिए ।
भेटमा प्रधानमन्त्री कोइरालाले नर्वेले नेपाललाई पु¥याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरेका थिए ।
नेपाल र नर्वेबीच सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता नर्वेले नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गर्दै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline