तेहथुम १ बैसाख ।
तेहथुम जिल्लाको छथर सुक्रबारमा बिकृती बिसंगी नियन्त्रणमा प्रहरी सकृय भएको छ । छथरकै मुटु मानिने सुक्रबारे बजारमा नवब र्षको नाममा यौन कृयाकलाप गर्ने युबा युबतीलाई आज सचेत गराँउदै प्रहरी चौकी सुक्रबारेले गस्तीलाई तिब्रता दिएको जनाएको छ ।
यौनजन्य कृयाकलापले समाजमा बिकृती बिसंगतीले ठुलो रुप लिन सक्ने भएकाले गस्तीलाई तिब्रता दिएको प्रहरीचौकी सुक्रबारेका ईन्चार्च डम्बर कटुवालले बताएका छन् ।
उनका अनुसार चाडपर्बको नाममा युबा युबतीले यौनजन्य कृयाकलापलाई अँगालेर धेरैको जिबन बर्बाद भएको र युबायुबतीले समयमै आफ्नो जिबनको लागी सोच्न जरुरी रहेको छ ।
अहिले सुक्रबारे प्रहरीचौकीमा महिला प्रहरी थप सँगै महिला हिंसामा भए गरेका घटनालाई नियन्त्रण गर्न समेत सहजता मिलेको छ ।
प्रहरीचौकीले छथर क्षेत्रका हमरजुङ्ख आङ्खदिम फाक्चामारा र पञ्चकन्या गा बि सलाई सेवा दिई रहेको छ ।