नयाँ वर्षको आगमनसँगै पर्व सुरु

नयाँ वर्षको आगमनसँगै पर्व सुरु

  • मङ्लबार, बैशाख १, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

विराटनगर, १ वैशाख ।

नयाँ वर्षको आगमनका साथ तराईका जिल्लामा तीन दिनसम्म मनाइने सिरुवा पर्व आजदेखि विधिवत् रुपमा सुरु भएको छ ।

यस पर्वको पहिलो दिन आज सतुवाइन पर्वका रुपमा मनाइरहेका छन् । सो पर्वको अवसरमा देवीदेउतालाई सातु प्रसादका रुपमा चढाउने गरिन्छ । त्यसपछि परिवारका सम्पूर्ण सदस्यका साथै आफन्तलाई सातु खुवाउने गरिन्छ ।

सोही कारणले यस पर्वलाई सातु पर्व भनिएको छ । तराईका मैथिल समुदाय, थारू, राजवंशी, गनगाईंलगायतका जातिमा यो पर्व बडो उल्लासका साथ मनाउने गरिन्छ ।

पर्वको दोस्रो दिन भोलि जुड शीतल पर्वका रुपमा मनाइने गरिन्छ । अग्रजले अञ्जुलीमा जल लिई टाउकोमाथि राखेर वर्षभरि मगज ठण्डा रहोस् भन्दै आशीर्वाद दिने गरिन्छ ।

यसका साथै रूख, बिरुवामा जल दिने, टोलका इनारको सफाइका साथै नालाको समेत सफाइ गरेर दोस्रो दिनको पर्व मनाउने गरिन्छ ।

तेस्रो दिनको पर्वमा खासगरी थारू र राजवंशी समुदायले रङ्ग खेल्ने, मासुका साथै विभिन्न परिकारका खाना खाएर पर्व मनाउने गरिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी