पाठ्यपुस्तक बिक्री विरतण सुरु

पाठ्यपुस्तक बिक्री विरतण सुरु

  • मङ्लबार, बैशाख १, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

पोखरा, १ वैशाख ।

जनक शिक्षा सामग्री केन्द्र क्षेत्रीय कार्यालय पोखराले नयाँ शैक्षिकसत्र सुरु भएसँगै नयाँ पाठ्यपुस्तक बिक्री वितरण सुरु गरेको छ ।

कार्यालयले यस क्षेत्रका मनाङ र मुस्ताङबाहेकका आठ जिल्लामा हालसम्म रु एक करोड ८० लाखभन्दा बढीको पाठ्यपुस्तक बिक्री गरिसकेको क्षेत्रीय प्रमुख जय अर्यालले जानकारी दिएका छन्।

केन्द्रको केन्द्रीय कार्यालयले यो वर्ष सबै जिल्लामा आफ्ना कर्मचारी खटाई व्यवस्थित रुपमा पाठ्यपुस्तक बिक्री गरेको जनाएको छ ।

केन्द्रले मनाङ र मुस्ताङमा यसअघि नै पाठ्यपुस्तक पठाइसकेको र अन्य जिल्ला कास्कीमा रु ३१ लाख, स्याङ्जामा रु ३७ लाख, बागलुङमा रु २३ लाख, लमजुङ र तनहुँमा २२÷२२ लाख, म्याग्दीमा रु १७ लाख, गोरखामा रु नौ लाख र पर्वतमा रु १९ लाख मूल्यबराबरको पुस्तक बिक्री गरिसकेको छ ।

केन्द्रले कक्षा ६ देखि १० सम्मका र निजी क्षेत्रले कक्षा १ देखि ५ कक्षासम्मका पाठ्यपुस्तक बिक्री गर्दै आएका छन् ।

यस क्षेत्रका १८ जिल्लामा एक लाख ९९ पाठ्यपुस्तक आवश्यक पर्ने र करिब ९० प्रतिशत पाठ्यपुस्तक यस कार्यालयको गोदाममा सञ्चिती रहेको बताइएको छ ।

केन्द्रले कास्कीमा सय र अन्य जिल्लामा ४८ जना एजेन्ट छनोट गरी उनीहरुमार्फत सबै जिल्लाका विद्यालयमा पाठ्यपुस्तक पु¥याउने लक्ष्य लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी