भट्टराईले गोरखा–१ लाई ‘नमुना क्षेत्र’ बनाउने

भट्टराईले गोरखा–१ लाई ‘नमुना क्षेत्र’ बनाउने

  • मङ्लबार, बैशाख १, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

गोरखा, १ वैशाख ।

एनेकपा (माओवादी) का नेता डा बाबुराम भट्टराईले गोरखा जिल्ला निर्वाचन क्षेत्र नं १ लाई नमुना निर्वाचन क्षेत्रका रुपमा विकास गर्ने अवधारणापत्र सार्वजनिक गरेका छन्।

नयाँ वर्षको अवसरमा आज गोरखा सदरमुकाममा पाँच पृष्ठ लामो विकासको योजनासहितको सो अवधारणापत्र भट्टराईले प्रस्तुत गरेका हुन् ।

पार्टी नेता, कार्यकर्ता, उद्योगी, व्यवसायी सहभागी रहेको भेलामा भट्टराईले तीन वर्षभित्र क्षेत्र नं १ लाई विकासका पूर्वाधार खडा गरेर देशकै ‘नमुना निर्वाचन क्षेत्रको’ रुपमा विकास गर्ने बताए ।

सरकार, दातृ निकाय, राजनीतिक दल, गैरसरकारी सङ्घसंस्था, उद्यमी, व्यवसायी र नागरिक समाजको प्रत्यक्ष सहयोगमा विकासका योजना निर्माणसँगै लागू गरिने भट्टराईले जानकारी गराएका छन् ।

“उत्पादनशील, रोजगारीमूलक, आत्मनिर्भर र दिगो कार्यक्रम ल्याएर स्थानीय बासिन्दाको जीविकोपार्जनमा सुधार ल्याउनेछौँ” अवधारणापत्र प्रस्तुत गर्दै भट्टराईले भने, “कृषि, गैरकृषि क्षेत्रमा लगानी वृद्धि गरेर, गाउँघरमा रहेको गरिबी, बेरोजगारी समस्या दूर गर्ने हाम्रो योजना छ ।”

युवामैत्री आधुनिक प्रविधि भित्र्याउने, सहकारीमार्फत व्यावसायिक कृषि, पशुपालन बढाउनका लागि स्थानीयस्तरबाट श्रम, सीप र पुँजीलाई परिचालन गरिने भट्टराईको भनाइ छ ।

अनिकाल समस्या भोग्दै आएका गोरखाका पाँच गाविसका चेपाङ समुदायलाई राहतको व्यवस्था मिलाउने, चेपाङ विद्यार्थी पढ्ने आवासीय विद्यालय निर्माण गर्ने, भुम्लिचोक गाविसको हिक्लुङस्थित त्रिशूली नदीमा एक वर्षभित्र झोलुङ्गे पुल निर्माण गर्ने, चेपाङ समुदाय विकास ट्रस्ट गठन गर्नेलगायतका कार्यक्रम भट्टराईले प्रस्तुत गर्नुभएको अवधारणापत्रमा उल्लेख छ ।

“जताभावी रुपमा गाउँगाउँमा सडक खन्नु हुँदैन, एक गाउँ एक पोखरी खनेर पानी सङ्कलन गर्नुपर्छ”, भट्टराईले भने। दलित समुदायको परम्परागत आरानबाट भाँडावर्तन बनाउने पेसालाई प्रोत्साहित गर्न कार्यक्रम ल्याउने उनले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी