श्रीमान विदेश गएका बेला जन्मिएको शिशु मार्ने महिला पक्राउ

श्रीमान विदेश गएका बेला जन्मिएको शिशु मार्ने महिला पक्राउ

  • मङ्लबार, बैशाख १, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

उदयपुर, १ बैशाख ।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने कटारी नगरपालिका–१०मा एक महिलालाई शिशु हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय २२ बर्षीया मञ्जु खत्रीलाई अवैध गर्भबाट शिशु जन्माई हत्या गरेको अभियोगमा पक्राउ गरेको हो । चैत २७ गते कटारीस्थित शुक्लाको जङ्गल क्षेत्रमा एक सालनालसहितको सात महिना जतिको शिशु माटोमा पुरिएको अवस्थामा मृत फेला परेको थियो ।

अनुसन्धानका क्रममा शिशु मञ्जुको नै भएको पुष्टि भएपछि पक्राउ गरेकोे इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
मञ्जुको श्रीमान वैदेशिक रोजागारीका क्रममा विदेशमा छन् ।

परपुरुषसँगको सम्वन्धबाट अवैध गर्भ बसेपछि मञ्जुले सात महिनाको गर्भको शिशुलाई औषधि प्रयोग गरेर जन्माई मारेर गाडेको पाइएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सरोज पौडेलले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ