महत्वपूर्ण चाड विषु पर्व धुमधामका साथ मनाईदै

महत्वपूर्ण चाड विषु पर्व धुमधामका साथ मनाईदै

  • मङ्लबार, बैशाख १, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

बैतडी १ बैसाख ।

विभिन्न चांडपर्वहरु मध्येको एक महत्वपूर्ण चाड विषु पर्व सुदूरपश्चिममा धुमधामका साथ मनाईदैछ । नयाँ वर्षको स्वागत संगै सुदुरपश्चिमबासी बिसु पर्वको तयारिमा जुटेका छन ।

आज विहानै देखी नवाईधुवाई घरआगनमा सरसफाई गरिदैछ । विशेष गरि वर्षको पहिलो दिन बैशाख एक गते लाई सुदुरपश्चिबासीहरुले बिसु पर्वका रुपमा मनाउने गर्दछन ।

आजका दिन सुदूरपश्चिममा सिस्नु पानी छर्केरले शुभकामना आदान प्रदान गर्ने चलन निकै प्रचलीत छ । विषु संक्रान्तिका दिन वीस गाग्री पानीले वा नदिमा गइ वीस पटक डुवुल्की मारेमा रोग व्याधि हट्ने विश्वास लिइन्छ ।

दोष काट्नका लागि विषु पर्वमा साली भिना, देवरभाउजु, साथी संगी विच भिजाएको सिस्नो लगाइने गरिन्छ । वैतडी, डोटी, अछाम, डडेल्धुरा, वाजुरा, दार्चुलामा सामुहिक रुपमा सिस्नो लगाउछन् ।

युवा पुस्ताका केटाकेटी रमाइलो गर्ने हेतुले सिस्नो पानी छर्केर शरिरमा उत्तजना आउछ र नया वर्षका लागि शत्ति पाइन्छ भनेर सिस्नो पानी लगाउछन् ।

पहाडी जिल्लाका ग्रामिण भेगमा यो चलन वढी हुन्छ । कसैले हिन्दु सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसीयाली स्वरूप पौराणिक कालदेखि नै यो पर्व मनाउने गरिएको भन्ने गर्छन भने कसैले सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किंवदन्ती रहेको छ ।

मिठो खानेपरिकार पकाएर आफन्तहरुलाई वोलाएर खुवाएर पनि अधिकांसले विषु पर्व मनाउंदछन् ।

यो पर्वमा खसगरी सेल, माणा, खीर लगायतका स्थानीय खानाका मिठा परिकार खाने प्रचलन छ । पुरानो पुस्ताले सिस्नो पानी छर्कने, स्नान गर्ने, नया पहिरन लगाउने चलन गर्दै आएको भएपनि अहिलेको युवा पुस्तावाट भने यो लोप हुदै गएको आचार्य घनश्याम लेखकले बताएका छन् ।

अहिले सिस्नो लगाउनुको साटो मोवाइलमा एसएमएस तथा फोन मार्फत दिइने शुभकामना आदान प्रदानले विषु पर्वको मौलिकता हराउदै गएको उहांले वताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी