परिक्षामा फेल हुदा चार जनाद्वारा सामूहिकरुपमा आत्महत्या

परिक्षामा फेल हुदा चार जनाद्वारा सामूहिकरुपमा आत्महत्या

  • सोमवार, चैत्र ३०, २०७१
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

महेन्द्रनगर ३० चैत ।

महाकाली नदीमा हामफालेकामध्ये तीन छात्राको शव दार्चुलाको दत्तु गाविस क्षेत्रमा भेटिएको छ । तिनको खोजीमा जुटेका सशस्त्र प्रहरी निरीक्षक देवसिंह ठगुन्नाले दत्तु–४ मा महाकाली पारी भारततर्फ बालिका एवं किशोरीको शव भेटिएको जानकारी दिए ।

“तीन जनाले एकअर्काको हातमा एउटै दुपट्टाले बाँधेर हामफालेका रहेछन्”, ठगुन्नाले भने । भारततर्फ भेटिएकी छात्राको शव नेपालतर्फ ल्याउन टोली खटिएको छ ।

चार जनाले सामूहिक रुपमा दुपट्टाले हात बाँधेर हाम फालेको र महाकालीमा बग्ने क्रममा एक जना छुट्टिएको हुन सक्ने प्रहरीले जनाएको छ ।

मृतावस्थामा भेटिएकी केटीको पहिचान खुल्न बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ । हराएकी अर्की केटीको खोजी भइरहेको छ ।

आज बिहान आफू अध्ययनरत राष्ट्रिय उमावि दत्तुमा वार्षिक परीक्षाको नतिजा लिएर घर फर्किने क्रममा दत्तु गाविस–२ की कक्षा ७ मा अध्ययनरत ममता चुनारा, कक्षा–७ मै अध्ययनरत १४ वर्षीया पूजा कोली, कक्षा ६ मा अध्ययनरत १२ वर्षीया नितु लोहार र कक्षा ६ मा अध्ययनरत नाम नखुलेकी १३ वर्षीया किशोरी महाकालीमा हामफालेका थिए ।

महाकालीमा हाम फाल्नेमध्ये एक उत्तीर्ण र बाँकी तीन अनुत्तीर्ण भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी