धनन्जय बुढा , काठमाडौँ ३० चैत ।
नेत्र बिक्रम चन्द “विप्लव” नेतृत्वको माओवादी निकट राष्ट्रिय कर्मचारी महासंघ नेपालले सोमबार राजधानीको संबाद डबलीमा आयोजना गरेको अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न भागमा विभाजित माओवादी निकट कर्मचारी सङ्गठनहरुले सबै क्रान्तिकारीहरु एक ठाउंमा आउनुपर्ने बताएका छन् ।
राष्ट्रिय कर्मचारी महासंघ नेपालका अध्यक्ष महादीप पोखरेलले सबैखाले क्रान्तिकारी तथा देश भक्त कर्मचारीहरु एक ठाउमा आउनुको विकल्प नभएको कुरा बताएका छन ।
पोखरेलले देश घाति सन्धि सम्झौतामा सहमति गर्ने, डिभी तथा ग्रिनकार्ड होल्डर र बिदेशी नागरीकता स्वीकार्ने कर्मचारीहरुलाई कारबाही गर्न आक्रामक हुनु पर्ने बताए ।
त्यस्ता गलत प्रवृत्ति बिरुद्ध कडारुपमा अगाडी बढ्न कम्तिमा पनि कार्यगत एकता गर्नु पर्ने कुरा पनि बताए । एमाओबादी निकट नेपाल राष्टिय कर्मचारी महासंघका संस्थापक निलकण्ठ तिवारीले सुसँस्कृत र सभ्य भएर एकता गर्नुको बिकल्प नरहेको बताए ।
त्यस्तै बैद्म माओबादी निकट राष्ट सेबक कर्मचारी संगठन निजामति केन्द्रिय समिति अध्यक्ष शरण गुरुङले ट्रेडयुनियन अधिकार कुन्ठित गर्न चौतर्फी आक्रमण रोक्न सबै एकै ठाउँमा आउनुपर्ने बताए ।
कार्यक्रममा एमाओबादी निकट नेपाल राष्टिय कर्मचारी महासंघका निबर्तमान अध्यक्ष पबित्रा तिमल्सीना, उपाध्यक्ष गौरी शंकर सिंह, शदश्यहरु लोकनाथ चुडाल र मधुशुधन अधिकारीले पनि एकतामा जोड दिदै धारणा राखेका थिए ।
कार्यक्रम महासंघका महासचिब गोपाल सिंह धामीले सञ्चालन गरेका थिए ।
