व्यापारीलाई गोली प्रहार गर्ने भारतीय हतियारसहित पक्राउ

व्यापारीलाई गोली प्रहार गर्ने भारतीय हतियारसहित पक्राउ

  • सोमवार, चैत्र ३०, २०७१
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

पर्सा, ३० चैत ।

वीरगन्जका व्यापारी महेश कादमिया (अग्रवाल)लाई गोली प्रहार गर्ने एकजना भारतीय अपराधीलाई प्रहरीले घेराबन्दी गरी पक्राउ गर्न सफल भएको छ ।

हिजो साँझ ७ः३० बजे पसलमा बसिरहेका बेला महेशमाथि गोली प्रहार गरी भाग्दै गरेको भारत मुजफरपुरका रवि सिंहलाई पर्सा प्रहरीले स्थानीयवासीको सहयोगमा पक्राउ गरेको हो ।

गोली प्रहार गरेर भाग्दै गरेको अवस्थामा टाइगर प्रहरीको टोलीले स्थानीयवासीको सहयोगमा घटनास्थल नजिकैबाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरीनायब उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिएका छन् ।

उसले के कारणले व्यापारी अग्रवालमाथि गोली प्रहार गरेको हो भन्ने कुरा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । सिंहको साथबाट एकथान पेस्तोल, तथा १० राउन्ड गोली बरामद भएको छ ।

सिंहले ठाउँठाउँमा छाडेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी