अबैध हतियार र काठ नियन्त्रणमा

अबैध हतियार र काठ नियन्त्रणमा

  • सोमवार, चैत्र ३०, २०७१
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

सिन्धुली, ३० चैत ।

अवैध रुपमा भरुवा बन्दुक लिई जंगलमा सिकार खेलिरहेको अवस्थामा सिन्धुलीको महादेवस्थान–४ बस्ने वर्ष २३ को मानबहादुर वाईबा, र वर्ष १८ को कृष्ण श्रेष्ठलाई २ थान भरुवा बन्दुक सहित आइतवार पक्राउ गरेको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानको थुनामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसै गरी चोरीको काठ सहित ना३त ६०७२ नंम्बरको ट्याक्टरमा अवैध रुपमा चोरी निकासी गरी ल्याएको सालको काठ ५५ क्यू फिट पक्राउ गरेको छ ।

ट्याक्टर चालक कमलामाई नगरपालिका–९ बस्ने वर्ष २२ को ईन्द्र मगर र काठसहित ट्याक्टर आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय सिन्धुलीमा बुझाईएको जिल्ला प्रहरी कार्यालयको इनेस्पेक्टर राजेन्द्र थापाले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी