काठमाडौँ, ३० चैत ।
नेपालका आदिवासी जनजाति समुदायले अधिकारका लागि विभिन्न चरणमा गरेको सङ्घर्षमा आधारित वृत्तचित्र प्रदर्शन गरिएको छ ।
करिब ९० मिनेट लामो वृत्तचित्रमा सो समुदायको भाषा तथा सांस्कृतिक विविधतालाई झल्काउन खोजिएको वृत्तचित्रका लेखक तथा निर्देशक भीषण राईले जानकारी दिएका छन् ।
वृत्तचित्रमा आदिवासी जनजाति, मधेसी, महिला, दलित, मुस्लिमलगायत सदियौँदेखि उत्पीडनमा परेका वर्गको चित्रण गरिएको छ ।
वृत्तचित्र प्रदर्शनीमा आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका अध्यक्ष पद्मरत्न तुलाधरले एक्लाएक्लै सङ्घर्ष गर्नुभन्दा पनि वर्षांैदेखि उत्पीडनमा पारिएको सम्पूर्ण समुदायले संयुक्तरूपमा आन्दोलन गर्नुपर्नेमा जोड दिदिएका छन् ।
आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)का अध्यक्ष डण्ड गुरुङ, आदिवासी जनजाति महासङ्घका पूर्वमहासचिव आङकाजी शेर्पा, चलचित्र निमार्ता सङ्घका अध्यक्ष राजकुमार राईलगायतले फरक विचार राख्ने सम्पूर्ण समुदायको अधिकार सुनिश्चित गरी जतिसक्दो चाँडो संविधान जारी गर्न आग्रह गरेका थिए ।