घरबाट नै मानवअधिकार शिक्षा आवश्यकता छः पाठक

घरबाट नै मानवअधिकार शिक्षा आवश्यकता छः पाठक

  • आइतवार, चैत्र २९, २०७१
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

पोखरा, २९ चैत ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले मानवअधिकारको कुरा गरीरहँदा घरबाट नै मानवअधिकार शिक्षाको आवश्यक रहेको बताएका छन्।

मुलुकमा अझै पनि सचेतनाको आवश्यक रहेको बताएका छन् । पोखरा मिडिया क्लबमा हुर्जा कास्कीले गरेको कार्यक्रममा उहाँले काम गर्दा मुख्य तिन कुरा ख्याल गर्नु पर्ने बताए ।

मानवअधिकार पत्रकार संघ (हुर्जा) कास्कीको चौथो साधारणसभा तथा पोखराका सञ्चारमाध्यममा बिट पत्रकारीताको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पाठकले निरन्तरता, निडरता र सक्षमता हुनु नै सफलता भएको उल्लेख गरे ।

मानवअधिकारमा कुनै जात, भाषा र धर्म नहुने बताउदै पाठकले आफ्नो क्षेत्राधिकारका घटनामा निश्पक्ष छानविन गर्ने बताए ।

राज्यलाई जिम्मेवार बनाउनुपर्ने धारणा व्यक्त गर्दै उनले भने ­– हामी राज्यलाई जिम्मेवार बनाउदै यो ६ वर्षमा मानवअधिकारको क्षेत्रमा आमुल परिवर्तन ल्याउछौँ ।

साथै कार्यक्रममा बोल्दै सभासद कुमार खड्काले कस्तो पत्रकारीता गर्ने पत्रकार स्वयमले बुझ्नुपर्ने धारणा व्यक्त गरे ।

अघिल्लो संविधानसभाको स्मरण गर्दै खड्काले अधिकारको कुरा धेरै समेटीएको तर कर्तव्यको बोध हुन जरुरी रहेको उल्लेख गरे ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यलयका प्रमूख डा. टिकाराम पोख्रेलले पत्रकारीता गर्नेहरुमा काम गर्ने आट र लगनशिलताको आवश्यकतामा जोड दिए ।

कार्यक्रममा बोल्दै हुर्जा नेपालका महासचिव किशोर कुमार पौडेलले पत्रकारहरुलाई देख्दा समस्या भएपनि वास्तवमा त्यस्तो नरहेको बताए । बिट पत्रकारीता गर्ने पत्रकारहरुलाई बाँच्न गाह्रो नभएको उनको भनाई छ ।

नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सुस्मा पौडेलले सबै मिलेर मानवअधिकारको संरक्षणमा लाग्नुपर्नेमा जोड दिए ।

स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले बिट पत्रकारीताको कुरा गरीरहँदा सञ्चारमाध्यमनै बिट समातेर स्थापना भई कुनै एउटा बिटमा काम गर्न सक्नुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा ज्योतिष पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष डा. बलराम उपाध्याय रेग्मी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बराल, ईन्सेक पश्चिमाञ्चलका प्रमूख शिव खकुरेल लगाएतले बोलेका थिए ।

हुर्जा कास्कीका अध्यक्ष राजेश पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष अर्जुन गिरी र सञ्चालन महासचिव बिरेन्द्र सापकोटाले गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी