चैत्र २९, सल्यान ।
सल्यानमा ट्याक्टर दुर्घटनाहुदा १ जनाको ज्यान गएको छ । मृत्युहुनेमा ट्याक्टर चालक दाङ्ग पुरन्धार ४ हंशपुरका ४० बर्षिय हरि बहादुर वली रहेका छन ।
श्रीनगरबाट पटारेतर्फ गैरहेको रा १ च १२१५ नम्बरको ट्याक्टर सिद्धेश्वरी ९, भालुखोलामा दुर्घटना भएको हो । ट्याक्टरका सहचालक सल्यान बाँझकाँडाका गोपाल बुढाथोकीको कान्तीपुर हस्पीटल श्रीनगरमा उपचार भैरहेको छ ।
तिव्र गतिमा रहेको ट्याक्टर दिउसो सवा दुई बजे दायाँतिर ४ मिटर सडक भन्दा तल खसेर दुर्घटना भएको सहकर्मी ज्योती प्रकाश पुनले जनाएका छन ।
हिजो पनि श्रीनगरबाट थारमारेतिर जाँदै गर्दा बाँझकाँडाको बेलाइतीघारीमा रा १ त १५२४ को ट्याक्टर दुर्घटना भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline