धनगढी २९ चैत ।
उपचार अभावमा जीवनमरणको अन्तिम घडीमा रहेका मृगौला पीडित एक वालकको उपचारको लागि सहयोग प्राप्त हुन थालेको छ ।
बाजुरा ब्रम्हतोला गाविस –५ बजेडीका १४ वर्षिय बालक रामप्रसाद जैशी जीवन रक्षाको लागि आफन्तले सार्वजनिक रुपमा अपील गरेपछि सहयोगीहातहरु बढ्न थालेका हुन् ।
उनको उपचारको लागि धनगढी स्थित क्यास्पियन एकेडेमीले ३० हजार सहयोग गरेको छ । विद्यालयमा कार्यरत शिक्षक शिक्षिका र विद्यालयले संस्थागत गरी ३० हजार रुपैयाँ पीडितका आफन्त पदमराज रेग्मीलाई प्रदान गरिएको विद्यालयका सहायक प्रिन्सिपल अनिल शर्माले जानकारी दिए ।
वालकको जीवन रक्षाका लागि विद्यालयले सामाजिक उत्तरदायित्व स्वरुप सो रकम सहयोग गरेको विद्यालयका सहायक प्रिन्सिपल अनिल शर्मालले बताए ।
‘संस्था र शिक्षकको स–सानो सहयोगले जीवन बच्छ भने किन सहयोग नगर्ने, अरुलाई पनि सहयोगको आग्रह गर्दै प्रिन्सिपल शर्माले भने ‘त्यही भावनाले हामीले पनि स–सानो रकम उठाएर सहयोग ग¥यौं ।’
त्यसैगरी चैत २६ गते पैसा अभाव हँुदा उपचारमा समस्या भएको भन्ने समाचार सार्वजनिक भएपछि धनगढी स्थित राम मारुतीबाट पीडितको खातामा जम्मा भएको छ ।
सो रकम धनगढी स्थित सिटिजन बैकमा रहेको पििडतको रु २ हजार खातामा जम्मा आएको छ । त्यसैगरी धनगढी स्थित नाष्ट कलेजबाट पनि सक्दो सहयोगको प्रतिवद्धता आएको आफन्त पीडितका भिनाजु पदमराज रेग्मीले बताए ।
‘‘नाष्ट कलेजका प्रिन्सिपल मुडभरी सरले पीडित वालकको जीवन रक्षाको लागि भरपुर सहयोग रहने प्रतिवद्धता जनाउनु भएको छ’ रेग्मीले भने ‘विरामीलाई यथासिघ्र लैजानको लागि एक टिकट वापत नगद रु. २००० हजार समेत समेत सहयोग गरे ।’
प्रिन्सिपल मुडभरीले वालकको अवस्था निकै जटिल बन्दै गएकोले यस अवस्थामा सबैको सहयोगको खाँचो रहेको बताए । त्यसैगरी आइतबार कैलाली बहुमुखी क्याम्पसले पनि मृगौला पीडित वालकलाई अस्पताल सम्म तुरुन्त लैजान टिकट खर्च प्रदान गरेको छ ।
राप्रसादका दुवै मृगौला प्रत्यारोपण गर्नुपर्ने डाक्टरले सुझाएपछि उपचार खर्च अभावमा कतै लैजान सकिएको छैन् । उनको दुवै मृगौला फेर्नुपर्ने बताइए पनि आवश्यक रकमको जोहो गर्न नसकेपछि नियमित चेकजाच समेत हुन सकेको छैन् ।
रामप्रसादको उपचारमा सहयोग गर्न धनगढी स्थित सिटिजन बैकमा रहेको खाता नं. ०१४०१४००००१७३ चक मा रकम जम्मा गर्न सकिने छ । पीडितसंग ९८४८४९४९६० नम्बरमा सम्पर्क गर्न सकिनेछ