पत्रकारीता राजनीतिकसँग जोडिएकाले विकासका मुद्धा उठान भएन : सचिब चलाउने

पत्रकारीता राजनीतिकसँग जोडिएकाले विकासका मुद्धा उठान भएन : सचिब चलाउने

  • आइतवार, चैत्र २९, २०७१
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

धनगढी, २९ चैत।

नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव प्रभात चलाउनेले पत्रकारीता राजनीतिकसँग जोडिएकाले विकासका मुद्धा उठान हुन नसकेको बताएका छन् ।

मिडिया नेपाल कैलालीले आईतबार धनगढीमा आयोजना गरेको स्थानीय विकासका सवालमा पत्रकार महिलाको क्षमता अभिवृद्धि सम्वन्धी दुई दिने कार्यक्रमको उद्घाटन समारोहमा उनले सो कुरा बताएका हुन् ।

सचिब चलाउनेले पछिल्लो समयमा मिडियाबाट राजनीतिक आलोचनात्मक समाचारहरु बढी प्रशारण र प्रकाशन भईरहेको बताउदै यसलाई न्युनिकरण गरि बिकास र सकारात्मक समाचार प्रसारण गरिनुपर्नेमा जोड दिए ।

मिडिया नेपालका अध्यक्ष जगत साउदको सभापतित्वमा सम्पन्न भएको उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघका सुदूरपश्चिम संयोजक प्रकाश विक्रम शाह, पत्रकार महासंघका पूर्व उपाध्यक्ष मनमोहन स्वाँर, कैलालीका अध्यक्ष भारत शाह, क्रान्तिकारी पत्रकार संगठनका गौतम मल्ल, प्रेस युनियन सेती अञ्चल सदस्य श्रवण देउवा, प्रेस चौतारी कैलाली अध्यक्ष मीन ठकुरी, क्रान्तिकारी पत्रकार संघका केन्द्रिय सदस्य टंक कुँवर लगायतले बोलेका थिए ।

सहभागि पत्रकार महिलाहरुलाई पत्रकार महासंघका पूर्व उपाध्यक्ष मनमोहन स्वाँरले प्रशिक्षण दिईरहेका छन् । तालिममा कैलालीका विभिन्न मिडिया सँग आवद्ध १९ जना महिला पत्रकारहरुको सहभागिता रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी