बागलुङ-१ मा कांग्रेस उम्मेदवार चम्पादेवी विजयी, २ हजार मतको अन्तर

बागलुङ-१ मा कांग्रेस उम्मेदवार चम्पादेवी विजयी, २ हजार मतको अन्तर

  • आइतवार, चैत्र २९, २०७१
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

बागलुङ २९ चैत।

बागलुङको निर्वाचन क्षेत्र नं-१ मा शनिबार भएको संविधान सभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसकी उम्मेद्वार चम्पादेवी खड्का विजयी भएकी छन्।

उनले १७ हजार १ सय ५४ मत प्राप्त गरीन् यस्तै उनकी निकटतम् प्रतिद्वन्दी एमालेकी मना केसीले १५ हजार ६८ मत ल्याएकी छन्।

एमाओवादीका कृष्ण केसीले २ हजार ५ सय ५ मत पाएका छन्। संयुक्त जनमोर्चाका नेत्र बुढाथोकीले १९ सय ४९ मत पाएका छन्।हिजो भएको निर्वाचनमा ३८ हजार २ सय ९० मत खसेका थिए।
मतदानमा विद्युतीय मेसिन प्रयोग गरिएको थियो। जिल्ला विकास समितिको हलमा मतगणना गरिदैँ छ।
दोस्रो संविधानसभा चुनावबाट निर्वाचित कांग्रेस सभासद हरिबहादुर खड्काको निधन भएपछि बाग्लुङ क्षेत्रनम्बर १ मा उपनिर्वाचन भएको हो ।
उपनिर्वाचनमा कांग्रेस उम्मेदवार तथा खड्काकी श्रीमती चम्पा, एमालेकी मनकुमारी केसी र एमाओवादीका कृष्णबहादुर केसी सहित १३ उम्मेवार प्रतिस्पर्धामा छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी