बाग्लुङ २९ चैत।
बाग्लुङ क्षेत्रनम्बर १ मा भएको संविधानसभा उपनिर्वाचनको मतगणनामा अहिलेसम्म कांग्रेसकी उम्मेद्वार चम्पादेवी खड्काले अग्रता लिएकी छन्।
जसमा खड्काले १००५२ मत, एमालेकी उमेद्वार मनकुमारी केसीले ८७७९मत र एमाओवादीका कृष्णबहादुर केसीले १९८१मत पाएका छन्।
दोस्रो संविधानसभा चुनावबाट निर्वाचित कांग्रेस सभासद हरिबहादुर खड्काको निधन भएपछि बाग्लुङ क्षेत्रनम्बर १ मा उपनिर्वाचन भएको हो ।
उपनिर्वाचनमा कांग्रेस श्रीमती चम्पा, एमालेकी केसी र एमाओवादीका कृष्णबहादुर केसी सहित १३ उम्मेवार प्रतिस्पर्धामा छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline