काठमाडौँ २९ चैत ।
मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीको बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले आफ्नो अन्तिम लक्ष जनबादी शिक्षा भएको बताएको छ।
क्रान्तिकारीले भर्खरै सम्मपन्न राष्ट्रिय सम्मेलनको निर्णय सार्बजनिक गर्न आज काठमाडौँको अनामनगर स्थित सम्बाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा मार्फत यस्तो धारणा सार्बजनिक गरेको हो।
पत्रकार सम्मेलनमा वितरण गरिएको बिज्ञप्तिमा भनिएको छ संगठनले इकाई भेला सम्मेलन, जिल्ला भेला सम्मेलन मार्फत संगठन गठन पुर्नगठन अभियानलाई जारी राख्ने छ । क्रान्तिकारीले आगामी तिन महिना भित्र ३ लाख सस्यता नविकरण तथा वितरण गर्ने लक्ष राखेको छ ।
त्यस्तै निजी उ.मा.वि. र उच्च तहको शिक्षण संस्थाहरुमा संगठन विस्तारको अभियान संचालन गर्ने बताएको छ ।क्रान्तिकारीले राष्ट्रियता, जनतन्त्र, जनजीविकाका साथै शैक्षिक आन्दोलनको दिशा स्पष्ट पार्दै घनिभुत संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ ।
स्ववियुको ओज र गरिमा बचाउन तत्काल निर्वाचनको माग गर्ने र स्ववियु निर्वाचन विनीयमलाई समायानुकुल परिमार्जन गर्न, स्ववियु चुनावलाई अझै समानुपातिक र समावेसी बनाउने र कार्यकारी पदहरुमा सके सम्म समानुपातिक विधीबाट मनोनयन गर्न दवाव सिर्जना गर्ने बताएको छ।
स्ववियुलाई अन्य विश्व विद्यालयहरुका साथै उच्च माविहरुमा विस्तार गर्न आन्दोलन गर्ने निर्णय समेत गरेको छ । शिक्षा क्षेत्रमा देखिएको व्यापारिकरण, माफियाकरण, भष्ट्रिकरणका विरुद्ध आन्दोलनलाई व्यवस्थित गरिने अनाकारी दिएको छ ।
त्यस्तै क्रान्तिकारीले सबै निजी क्षेत्रबाट संचालित विद्यालयतहमा साझा भौतिक पुवाधार, साझा पाठ्यक्र, समान शुल्कको मापदण्ड निर्धारण नगरी कुनै पनि तहमा शुल्क वृद्धि नगर्न आग्रह गरेको छ ।
क्रान्तिकारीले सवै विद्यालयहरुमा पूर्व प्राथमिक तहको व्यवस्था गर्दै हरेक निर्वाचन क्षेत्रमा कम्तिमा एक एक वटा नमुना विद्यालय सञ्चालन गर्न माग गरेको छ ।
प्लस टू संचालनमा रहेका उच्च माध्द्यामिक विद्यालयहरुको सम्वन्धन दिदा नक्साङ्कन नै नगरी दिइएकाले यसै शैक्षिक शत्र भित्र नक्साङ्कन र सिमाङ्कन नियमानुसार गर्न माग गरेको छ ।
सामुदायीक उमाविहरुमा आगामी शैक्षिक सत्रवाट नै निःशुल्क शिक्षाको ब्यवस्था गर्न माग गरेको छ ।
अखिल क्रान्तिकारीले मनोमानी शुल्क वृद्धि, पाठ्य पुूस्तक तथा शैक्षिक सामाग्रीको वितरणमा देखिएका अनियमितता लगाएतका विद्यार्थी तथा अविभावक विरोधी गतिविधिहरु गर्ने तथा राष्ट्रिय स्वाधिनताका विरोधि गतिविधिहरु गर्ने शैक्षिक संस्थाहरु विरुद्ध सरकार र संवन्धित पक्षलाई सचेत गर्ने, जवरजस्ति गर्ने शिक्षण संस्थाहरुका विरुद्धको भण्डाफोर तथा प्रतिरोधका कार्यक्रमहरु तुरुन्त नै संचालन गर्ने बताएको छ।
संगठनका महासचिब रत्न ढकाल ले सन्चालन गरेको पत्रकार सम्मेलनमा अध्यक्ष सुरेश गौतमले पत्रकारहरुको प्रश्नको जवाब दिएका थिए