सिरहा र सप्तरीमा आगलागी हुँदा रु ५० बढी क्षति

सिरहा र सप्तरीमा आगलागी हुँदा रु ५० बढी क्षति

  • आइतवार, चैत्र २९, २०७१
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

लहान, २९ चैत ।

सिरहा र सप्तरीका छुटाछुट्टै स्थानमा गए राति भएको आगलागीमा एक दर्जनभन्दा बढी घर जलेर नष्ट भएको छ ।

सिरहाको सीतापुर–७ मा भएको आगलागीमा स्थानीयवासीका आठ घर जलेर नष्ट हुँदा रु ५० लाख बराबरको क्षति भएको छ । स्थानीयवासी वसुवा यादवका घरबाट राति १२ बजेतिर आगो सल्केको थियो ।

आगलागीमा परी यादवका दुई भैँसी र दुई बाख्रासमेत मरेका छन् । आगो स्थानीयवासी र प्रहरीको सहयोगमा राति १ बजे नै नियन्त्रण लिइएको थियो ।

यस्तै गए राति नै सप्तरीका बेलही र पकरी गाविसमा भएको आगलागीमा दुई घर जलेर नष्ट भएको छ । बेल्ही–१ बस्ने नारायण साहका घरमा आगलागी हुँदा करिब रु दुई लाख पच्चीस हजार बराबरको क्षति भएको अनुमान गरिएको छ ।

त्यस्तै सप्तरीकै पकरी–२ का पवन सदाका घरमा आगालागी हुँदा घर तथा घरभित्रको सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी