बाग्लुङ क्षेत्र नम्वर १ मा भएको उपनिर्वाचनको जारी मतगणनामा कांग्रेसले अग्रता लिएको छ । पछिल्लो परिणाम अनुसार कांग्रेसका उम्मेद्वार चम्पा खड्काले अग्रता लिनुभएको छ ।
खड्कालाई पछ्याउदै एमालेकी मना केसीले २ सय १४ मत प्राप्त गर्नुभएको छ । एकिकृत माओवादीका कृष्ण केसीको पक्षमा १ सय २४ मत परेको छ । जिल्ला विकास समितिको कार्यालयमा मतगणना भईरहेको छ ।
प्रहरीले दुई दिन अघि पक्राउ गरेका आफ्ना कार्यकर्ता रिहा नगरेसम्म एमालेले सहभागी नहुने अडान लिएपछि गणनाको प्रक्रिया ढिलाइ भएको हो । दुई स्वतन्त्र उम्मेद्वारसहित अन्य ९ दलले गणनाको प्रक्रिया सुरु गर्न दबाब दिएपछि एमालेका प्रतिनिधीको अनुपस्थितीमा मतगणना सुरु गरिएको हो ।
एमालेको मागका सम्बन्धमा सर्वदलीय बैठक मार्फत समाधान खोजिने प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले बताउनुभयो । जारी मतगणनाको परिणाम अपरान्ह ५ बजेसम्ममा सार्वजनिक हुने निर्वाचन अधिकृत हरिप्रसाद जोशीले जानकारी दिनुभयो ।