भद्रपुर, २९ चैत ।
झापाको अनारमनी क्षेत्रमा धम्की दिने र शरीर बन्धक लिने आरोपमा शनिबार एक भारतीय पक्राउ परेका छन् ।
उदाङ भनिने भावी सिंहले भारतीय र नेपाली सिमकार्ड प्रयोग गरी सर्वसाधारणलाई पाँच छ महिनादेखि धम्काउँदै आएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
प्रहरीले अभियुक्तका साथबाट चार थान नेपाली र एक थान भारतीय मोबाइलको सिमकार्डसमेत बरामद गरेको छ । सिंहले लागुऔषध मुद्दामा दुई वर्ष कैद भुक्तान गरिसकेको पनि अनुसन्धानबाट खुलेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline