गणपती प्लाइ उद्योगमा भिषण आगलागी

गणपती प्लाइ उद्योगमा भिषण आगलागी

  • आइतवार, चैत्र २९, २०७१
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

नेपालगन्ज, २९ चैत ।

बाँकेको शम्शेरगञ्ज गाविस ८ हवलदारपुमा रहेको गणपती प्लाई उद्योगमा भिषण आगलागी भएको छ । बिद्युतको तारसर्ट भई उद्योगमा आगलागी भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

आज बिहान २ बजेबाट सुरुभएको आगलागी अझैसम्म पनि नियन्त्रणमा आउन सकेको छैन् । आगो नियन्त्रणका लागि तीन ओटा दम्कलसहित नेपाल प्रहरी, शशस्त्र प्रहरीको टोलीले प्रयास जारी राखेका छन् ।

नेपाल प्रहरी, शशस्त्र प्रहरीको टोलीले गएरातीदेखी नै आगलागी नियन्त्रणमा लिने प्रयास गरेपनी अझैसम्म आगलागि नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय बा“केले जनाएको छ ।

आगलागी नियन्त्रणमा लिनको लागि नेपालगन्ज उप–महानगरपालिकाका २ वटा र गुलरिया नगरपालिकाको १ वटा दमकल समेत प्रयोग गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी