अज्ञात रोगका कारण १२ जनाको मृत्यु ६ सय बढी विरामी

अज्ञात रोगका कारण १२ जनाको मृत्यु ६ सय बढी विरामी

  • आइतवार, चैत्र २९, २०७१
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

जाजरकोट, २९ चैत  ।

अज्ञात रोगका कारण जाजरकोटका विभिन्न गाविसमा १२ जनाको मृत्यु भएको छ । विभिन्न गाविसमा फैलिदै गएको रोगका कारण विरामी परेका ६ सय भन्दा धेरैको उपचार भएको छ ।  एक हप्तादेखि जिल्लामा रोग फैलिएको हो ।

रोगबाट सबै भन्दा धेरै प्रभावित पैक गाविसमा स्वास्थ्यकर्मीको टोली पुगेपछि नियन्त्रणमा ल्याउने प्रायस भइरहेको  जिल्ला स्वास्थ्य कार्यालयका डाक्टर दिपक पुनले बताएका छन्।

रोगबाट प्रभावितहरुमा टाइफाइट र नाक वन्द हुने,  नाकमा मासु पलाउने जस्ता समस्या देखिएको डा पुनले बताए । डाक्टरहरुका अनुसार विरामीको जिव्रो रातो हुने, शरिर तातो हुने, अत्याधिक ज्वरो आउने शरिर काप्ने र नाक वन्द हुने समस्या छ ।

तर  स्वास्थ्य चौकि टाढा भएको  र भौगोलिक विकटताले सबै विरामीको उपचार गर्न समस्या भइरहेको छ ।

उपचार गर्न स्थानीय मेडिकलमा पुगे पनि विना दर्ता संचालनमा आएका स्थानीय मेडिकलहरुले जथाभावि औषधि सेवन गराइरहेको हुँदा पनि समस्या भइरहेको  जिल्ला जन स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी