बागलुङमा उपनिर्वाचन सम्पन्न ७३ प्रतिशत मतदान

बागलुङमा उपनिर्वाचन सम्पन्न ७३ प्रतिशत मतदान

  • शनिबार, चैत्र २८, २०७१
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

बागलुङ,२८ चैत ।

बागलुङ निर्वाचन क्षेत्र नम्बर १ मा आज जारी संविधासभाको उप निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ ।

बागलुङमा पहिलो पटक विद्युतिय मतदान मेसिनबाट विहान ७ बजे देखि शुरु भएको मतदान प्रक्रिया बेलुका ५ बजेसम्म चलेको थियो । यसपटक बागलुङको उपनिर्वाचनमा ३८ हजार मतदाताले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख टोलराज उपाध्यायले बताए ।

संविधान सभाको दोश्रो निर्वाचनमा ७६ प्रतिशत मतदान भएकोमा यसपटक भने ७३ प्रतिशत मात्र मतदान भएको उपाध्यायले बताए ।

गत निर्वाचनमा ४७ हजार मतदाता रहेको र यसपटक ५२ हजार मतदाता हुँदा समेत मतदान कम हुनुमा मतदाता सूचीमा नाम भएका युवाहरु बैदेशिक रोजगारको लागि विदेश जानु र जिल्लाबाट अन्यत्र गएका व्यक्तिहरु नआएको कारण ३ प्रतिशत मत घटेको हुनसक्ने उपाध्यायले बताए ।

बागलुङ नगरपालिका सहित १९ वटा गाउँ विकास समितिका ७० वटा मतदान केन्द्रमा मतदाताहरुले शान्तिपूर्ण रुपमा मतदान गरेका थिए ।

बागलुङ नगरपालिकामा १२ हजार मतदाता मध्ये ९ हजार र १९ वटा गा.वि.स. मध्ये सबैभन्दा बढी बिहुँ गा.वि.स.मा २ हजार ७ सय ६ र सबैभन्दा कम अर्गल गा.वि.स.मा ९ सय ४२ मत खसेको थियो ।

५२ हजार मतदाता रहेको बागलुङ क्षेत्र नं. १ को लागि यस उपनिर्वाचनमा नेपाली काँग्रेसबाट स्व. हरि बहादुर खड्काकी श्रीमती चम्पादेवी खड्का, नेकपा एमालेबाट मन कुमारी के.सी., एमाओवादीबाट कृष्ण बहादुर के.सी, राष्ट्रिय जनमोर्चाबाट नेत्र बहादुर बुढाथोकी लगायत १० राजनैतिकदल र ३ जना स्वतन्त्र उम्मेदवार गरी १३ जना चुनावी मैदानमा उत्रिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी