सामुदायिक सुरक्षा परामर्श कार्यक्रम सम्पन्न

सामुदायिक सुरक्षा परामर्श कार्यक्रम सम्पन्न

  • शनिबार, चैत्र २८, २०७१
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

दोधारा चादनी २८ चैत  ।

साबिक दोधारा गाबिसको कार्यालयमा आज सामुदायिक सुरक्षा कार्यक्रम सम्पन्न भएको छ । गृह मन्त्रालय र संयुक्त राष्ट्र संघीय मानव अधिकार विकास कार्यक्रम (यूएनडीपी) को साझेदारीमा सञ्चालित सशस्त्र हिंसा न्यूनीकरण तथा सामुदायिक सुरक्षा सबलीकरण परियोजना कार्यक्रम अन्र्तगत साबिकको दोधारा गाबिस कार्यालयमा एक दिने सामुदायिक सुरक्षा कार्यक्रम अन्र्तकृया सम्पन्न भएको छ ।

दोधारा चादनीनगर क्षेत्रलाई सुरक्षित, भयरहित एवं हिंसा तथा अपराध न्यूनिकरण गर्न तथा प्रहरी र जनताको बिचमा सम्बन्ध सुधारका लागि लैङ्गिक र द्वन्द्व संवेदनशीलताका आधारमा सवाल पहिचान गरी प्राथामिककरण गरी सुरक्षा योजना निर्माण गर्ने सिलसिलामा अज १ दिने सरोकारवाला संग छलफल चलाईएको सशस्त्र हिंसा न्यूनीकरण तथा सामुदायिक सुरक्षा सबलीकरण परियोजनाका अधिकृत अंकीता सिंह राठौरले जानकारी दिएका थिए।

साबिकको दोधारा गाबिसमा सुरक्षा पात्रहरुको पहिचान, सुरक्षाको अवस्था, लैङ्गिक हिंसा, सिमा क्षेत्रमा हुने अपराधिक गतिबिधी तथा त्यसका न्युनीकरणको अवस्था लगाएत सुरक्षाको पहिचान गरि शान्ती समाजको निमार्णको लागी कार्यक्रमको उद्धेश्य रहेको बताईएको छ् ।

५० जना भन्दा बढी सहभागीता रहेको कार्यक्रममा समुह–समुह निर्माण गरि सुरक्षाको अवस्था तथा त्यसको न्युनीकरण सम्बन्धी ब्यापक छलफल चलेको थियो ।

साबिकको दोधारा गाबिस क्षेत्रमा सम्भाबित असुरक्षाको अवस्था तथा त्यसको निराकरण बारे पहिचान गरिएको परियोजनाका सामुदायिक सुरक्षा सहजकर्ता बिर बहादुर नेपालीले जानकारी दिएका थिए ।

उक्त अवसरमा दोधारा चादनीनगरपालिका सयुक्र वडा सचिव मोहन सुनार, ईलाका प्रहरी कार्यालय दोधारा चादनीका प्रहरी निरिक्षक कमल कुमार बडुवाल, नेकपा (एमाले) का दोधारा चा“दनी नगरस्तरिय अध्यक्ष किशोर कुमार लिम्बु लगाएत शिक्षक , बुद्धीजिबी, नागरिक समाज, महिला, स्वयंम्सेवीका, संघ–सस्था तथा सरोकारवालाको साझा उपस्थिती रहेको थियो ।

जिल्लाका थप क्षेत्रमा कार्यक्रम विस्तार गर्ने क्रममा दोधारा चादनी नगरपालिका, बेलडाँडी गाविस, बेलौरी नगरपालिकामा समेत कार्यक्रम बिस्तार भए संगै समुदाय तथा सरोकारवाला संग छलफल, अन्र्तकृया लगाएतका कार्यक्रम गर्दै आएको सशस्त्र हिंसा न्यूनीकरण तथा सामुदायिक सुरक्षा सबलीकरण परियोजनाका सामुदायिक सुरक्षा सहजकर्ता अमित तिरुवाले जानकारी दिएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी