अछाम २८ चैत्र ।
अछाममा पछिल्ला ३ महीनामा महीलामाथिनै मानव अधिकार हननका घट्ना बढी घटेको एक तथ्यंक सार्वजनिक भएको छ । ईन्सेकले आयोजना गरेको नेपाल वर्षपुष्तक २०१६ को त्रैमासिक समिक्षा कार्यक्रममा उक्त तथ्यंक सार्वजनिक भएको हो ।
सन २०१५ को जनवरी, फेबु्रअरी र मार्च महिनामा भएका बिभिन्न १० वटा मानवअधिकार हननका घट्नामध्ये ९ घट्नामा महीलाहरु पिडित रहेको पाईएको छ ।
ईन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा पछिल्ला ३ महीनामा अछाममा ३ वटा जवरजस्ति करणि, २ सम्वन्ध बिच्छेदका, कर्तब्य ज्याँन सम्वन्धि १, सार्वजनिक अपराध १, मानव बेचबिखन १, बालबिवाह १ गरी १० वटा घट्ना घटेको उल्लेख छ ।
यि मध्य कर्तब्य ज्याँन सम्वन्धि एक घट्ना बाहेक सबैमा महीलाहरु पिडित रहेको ईन्सेकले सार्वजनिक गरेको अभिलेखमा उल्लेख छ ।
जिल्ला बार ईकाई अछामका अध्यक्ष कृष्णप्रशाद ढुंगानाको अध्यक्षतामा भएको त्रैमासिक समिक्षा कार्यक्रममा अछामका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुषालले सरकारी निकायले मानवअधिकारको रक्षा गर्नुपर्ने बताए ।
उनले मानव अधिकारकर्मी, पत्रकार, नागरीक समाजले पनि कहीँ कतै मानव अधिकार हननका घट्ना भएमा सुसुचित पार्न अग्रसर हुनुपर्ने बताए ।
भुषालले आगामि दिनमा मानव अधिकार हननका घट्ना हुन नदिन र न्यूनिकरण गर्नका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने भनाई राखेका छन ।
कार्यक्रममा सहभागि मानव अधिकार कर्मी, पत्रकार, नागरीक समाज, सरकारी निकायका प्रतिनिधी सबैले छुटेका घटनाहरुलाई पनि समाबेश गर्न तथा पीडितलाई न्याय दिने खालको तथ्य प्रकाशित गर्न सुझाब समेत दिएका छन ।
समिक्षा कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलका प्रमुख प्रतिनिधि, सरकारी निकायका प्रतिनिधी, मानव अधिकारकर्मी, नागरीक संगठनका प्रमुख प्रतिनिधीहरु, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका सहभागि सबैले अछाममा मानव अधिकार हननका घट्नामा बृद्धि भईरहेको भन्दै चिन्ता ब्यक्त गरेका थिए ।