चुरे वातावरण संरक्षण क्षेत्र घोषणको विरोधमा ऐक्यबद्धता

चुरे वातावरण संरक्षण क्षेत्र घोषणको विरोधमा ऐक्यबद्धता

  • शनिबार, चैत्र २८, २०७१
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

 भक्तपुर, २८ चैत ।

सामुदायीक वन उपभोक्ता महासंघ भक्तपुर चुरे वातावरण संरक्षण क्षेत्रको विरोधमा ऐक्यबद्धता जनाएको छ । शनिबार भएको भेलाले सरकारले ३६ वटा जिल्लालाई स्थानीयको राय नलिई चुरे वातावरण संरक्षण क्षेत्र घोषणा गरेको भन्दै विरोध जनाएको हो ।

वन उपभोक्ता महासंघ केन्द्रीय महासचिव भारती पाठकले स्थानीयको स्वमीत्वमा रहेको सामुदायीक वनलाई सरकारले जर्वजस्ती आफ्नो नियन्त्रणमा लिएर कब्जा गर्ने कार्य जायज नभएको बताइन् ।

सर्वसाधारणले सदीयौदेखि संरक्षण गर्दै आएको वनलाई स्थानीयबाट खोस्दा उठीबासको अवस्था आइरहेको भन्दै तत्काल सरकारी निर्णय फीर्ता हुनुपर्नेमा जोड दिइन् ।

वन अधिकृतको स्वीकृत बीना स्थानीयले केहि गर्न नपाइने नियमले गरिब, निमुखा वर्ग उठीबासको स्थिति आएको उनको भनाइ छ ।

वन उपभोक्ता महासंघ भक्तपुरका अध्यक्ष रामेश्वर बोहोराले सरकारले चुरे क्षेत्र संरक्षणको नाममा जनतालाई सास्ती दिइरहेको बताए ।

सरकारले स्थानीयको स्वमीत्व खोस्दा वन जंगल मासिने क्रम बढ्दै गइरहेको भन्दै ३६ जिल्लाई घोषणा गरिएको चुरे वातावरण संरक्षणले ५० लाखभन्दा बढी सर्वसाधारण प्रत्यक्ष मारमा परिररहेको बताए ।

भेलामा सामुदायीक वन उपभोक्ता महासंघका उपाध्यक्ष विश्वराम थापा र कोषाध्यक्ष अञ्जना नेपाली, तौडोलछाप सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष दिपेन्द्रकुमार थापा, सूर्यविनायक सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष हरिशरण बस्नेत, सेतीदेवी सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष ज्ञानेन्द्र थापालगायतले सदियौदेखि सर्वसाधारणको दैनिक चल्दै आएको सामुदायीक वन स्वमीत्व खोसिदा वन संरक्षण हुन नसक्ने बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी