एसएलसी सकिएपछि विद्यार्थिहरु काम खोज्दै भारत पलायन

एसएलसी सकिएपछि विद्यार्थिहरु काम खोज्दै भारत पलायन

  • शनिबार, चैत्र २८, २०७१
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

 बाजुरा २८ चैत्र ।  
जिल्लाका विभिन्न सामुदायीक विद्यालयबाट यस वर्षको एस् एल् सी परिक्षा दिएका विद्यार्थि कामको खोजीमा भारत जाने गरेका छन् ।
एस् एल् सी परिक्षा सकिए पछि गाँउमा बेराजगार बस्नुनर्पे र रोजगारीको कुनैपनी अवसर नभएकाले भारत जानु पर्ने बाध्यता रहेको बडिमालीका नगरपालीका वडा नम्बर ९ मा रहेको श्री लक्ष्मि माध्यामीक विद्यालय बाट यस वर्षको एस् एल् सी परिक्षा दिएका विदार्थि नृप राज पण्डितका आफन्त मदनराज पण्डितले बताएका छन् ।
पण्डितका अनुसार परिक्षा सकियो, गाँउ घरमा त्यत्तिकै बेराजगार बस्नुपर्ने हुन्छ  यसरी गाउमा बस्नु भन्दा केही महिना भारत गएर उच्च शिक्षा अध्ययनको लागी केही रकम कमाएर ल्यादा सहज हुने भएकाले भारत गएको बताए ।
कमजोर आर्थिक अवस्था भएका पण्डितका छोरा नृप राज पण्डित प्रवेसीका परिक्षा सकाएको केही दिनमानै साथीहरु संग भारत गै सकेका छन् । नृपराज पण्डित हाल कामको शिलशिलामा भारतमा भएपनि वर्षादको समयमा खेती लगाउने समयमा फर्कीने बताईएको छ ।
त्यस्तै बडिमालीका नगरपालीका वडा नम्बर १ का दिनेश विक पनि एस् एल् सी परिक्षा सकाएर भारत गैरहेका छन् । पारीवारीक अवस्था कमजोर हुनु र उच्च शिक्षा अध्ययन गर्न नसकीने भएकाले भारत गएर केही रकम ल्याउने र सोही रकमले परिवारको गुजारा चलाउनका साथै अध्ययनमा पनि सहयोग पुग्ने भएकाले भारत जानुपर्ने बाध्यता रहेको छ ।
पछिल्लो अवस्थामा प्रविधिको विस्ता द्रुत गतिमा हुनु र त्यसको प्रभाव ग्रामीण क्षेत्रमा पनि पर्ने भएकाले ति प्रविधिको प्रयोग गर्ने रहर भएपनि आर्थिक अभावका कारण प्रयोग गर्न नपाईने भएकाले भारत गएर केही रकम कमाउने तथा उच्च शिक्षा अध्ययन गर्नमा पनि सहयोग पुग्ने हेतुले घर छोडेर जानुपर्ने बाध्यता रहेको बताईएको छ ।
पछिल्ला वर्षमा नेपालमा रोजागरीको सिर्जना नहुनु र युवा शक्ति बेरोजगार बस्नुपर्ने भएकाले नेपाली युवाहरुको गन्तव्य एस् एल् सी पछि भारत तथा खाडी मुलकहुने गरेका छन् ।
युवा शक्ति विदेशीने क्रमलाई रोक्नतीर सम्बन्धित निकायले समयमानै ध्यान नदीने हो भने नेपालमा कामगर्ने युवा शक्तिको अभाव हुने देखीन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी