बाग्मती सफाइलाई निरन्तरता दिन मुख्य सचिवको आह्वान

बाग्मती सफाइलाई निरन्तरता दिन मुख्य सचिवको आह्वान

  • शनिबार, चैत्र २८, २०७१
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौँ, २८ चैत ।

मुख्य सचिव लीलामाणि पौड्यालले बाग्मती सफाइ अभियानलाई निरन्तरता दिन सबै नागरिकलाई आह्वान गरेका छन ।
बाग्मती सफाइ अभियानको १०० औँ हप्ताको कार्यक्रमको आज सिनामङ्गलमा समापन गर्दै उहाँले सफाइ अभियानमा लाखौँ जनता सहभागी भएका बताएका छन् ।

अभियानको १०० औँ हप्ताको महाअभियानमा एक लाख २५ हजारको सहभागी रहेको जानकारी दिँदै उहाँले लाखौँ हातहरु एकैसाथ मिलेर अभियानलाई निरन्तरता दिने प्रतिबद्धता हामी सबैले जनाउनुपर्ने र प्रतिबद्धता पूरा गर्नुपर्ने बताएका छन् ।

मुख्य सचिव पौड्यालले भने, “लाखौँ मानिसको प्रतिबद्धतालाई बचाइराख्नका लागि निरन्तर सफाइ अभियानमा जुट्न र नदी तथा आफ्नो बासस्थान वरपर फोहोर नगर्ने प्रतिबद्धतालाई व्यवहारमा उतार्नुपर्छ ।”

उनले अभियानमा सहभागी भएर सर्वसाधारण र राष्ट्रसेवलगायत सबैलाई हौसला प्रदान गर्नुभएकामा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, प्रधानन्यायाधीश रामकुमार साहलगायत, राजनीतिक दलका नेता, राष्ट्रसेवक कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, कूटनीतिक नियोग, पत्रकार, कलाकार, राजनीतिज्ञ, धार्मिक विभिन्न सामाजिक –धार्मिक सङ्घसंस्था तथा नागरिक समाजप्रति आभार व्यक्त गरेका छन् ।

सो अवसरमा मुख्य सचिव पौड्यालले काठमाडौँ महानगरपालिकाले तयार गरेको ‘क्लिन केटिएम’ नामक मोबाइल एप्स पनि सार्वजनिक गरेका छन् ।

उक्त एप्स भएका मोबाइल बोक्ने कुनै पनि व्यक्तिले सार्वजनिक स्थानमा फोहर फाल्ने जो कसैको तस्बिर खिचेर काठमाडौँ महानगरपालिकामा पठाउने छ ।

उक्त क्षेत्रका संयोजक तथा प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीले बागमती सफाइ महाअभियानका सहभागीप्रति धन्यवाद व्यक्त गर्दै बाग्मती नदीको सफाइमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

उक्त एप्सले खिचेका तस्बिर काठमाडौँ महानगरपालिकाले सार्वजनिक गर्नुका साथै जरिवानसमेत गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी