भैरवको रथ गःहिटीमा, ढुङ्गा हानाहान नौ जना घाइते

भैरवको रथ गःहिटीमा, ढुङ्गा हानाहान नौ जना घाइते

  • शनिबार, चैत्र २८, २०७१
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

भक्तपुर, २८ चैत ।

नयाँवर्षको आगमनसंँगै भक्तपुरमा आठरात नौ दिनसम्म मनाइने बिस्केट जात्राको रथ आज बिहान गःहिटी ल्याइएको छ ।
हिजो साँझ ६ बजे पाँचतले मन्दिर अगाडिबाट तान्न सुरु भएको रथ आज बिहान प्रहरीले गःहिटी ल्याएरको हो ।

रथ तान्ने क्रममा र जात्रामा ढुङ्गा हानाहान हुँदा नौ जना घाइत घाइते भएका र भक्तपुर अस्पतालमा उपचारपछि उनीहरू घर फर्केका अस्पतालका प्रशासन प्रमुख कृष्णहरि गेलालले जानकारी दिएका छन् ।

तौमढीको तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाले रथलाई आ–आफ्नो क्षेत्रमा तानेर लैजाने गर्छन् । रथ तानेर साकोथा पुगेपछि ढुङ्गा हानाहान भएकामा प्रहरीकै संयमता र सक्रियतामा स्थितिलाई नियन्त्रणमा लिएर पुनः रथ तान्न सुरु गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता श्यामकृष्ण अधिकारीले बताएका छन् ।

स्थानीयले रथलाई दत्तात्रय पु¥याएर छाडेपछि रथलाई प्रहरीले तानेर बिहान ४ बजे तौमढीस्थित गःहिटी ल्याएर राखेको उहाँले जानकारी दिनुभयो । जात्राको पहिलो दिन तानेको रथलाई गःहिटीमै पु¥याउनुपर्ने परम्परा छ ।

तान्त्रिक विधिअनुसार चल्ने ऐतिहासिक एवम् सांस्कृतिक महत्वकोे बिस्केट जात्रा नेपाल संवत् २६८ अर्थात्लि च्छविकालभन्दा अगाडिदेखि मनाइँदै आएको र मल्ल राजा जगतज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी