कांग्रेस नेताहरुले भने–चैतभित्र सहमति नभए प्रक्रियाबाट संविधान

कांग्रेस नेताहरुले भने–चैतभित्र सहमति नभए प्रक्रियाबाट संविधान

  • शनिबार, चैत्र २८, २०७१
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाडौँ, २८ चैत ।

नेपाली काँग्रेसका नेताहरूले चैतभित्रमा सहमति नभए प्रक्रियाबाटसंविधान जारी गर्नुपर्नेमा जोड दिनुभएको छ ।
अर्घाखाँची सम्पर्क सदनले आज राजधानीमा आयोजना गरेको एक कार्यक्रममा उक्त दलका नेताहरूले सहमतिको नाममा संविधान निर्माण प्रक्रियालाई अवरुद्ध गर्न नहुने भन्दै चैत ३० गतेभित्रमा सहमति नभए प्रक्रियामा जानुको विकल्प छैन भने ।

काँग्रेसका नेता तथा पूर्वमन्त्री ढुण्डीराज शास्त्रीले सदनद्वारा प्रकाशित ‘चिनारी’ नामक पुस्तक विमोचन गर्दै ‘संविधान सहमतिको दस्तावेज’ भएकाले त्यसमा सबैका सबै अधिकारभन्दा पनि सबैका केही अधिकारमात्र सुनिश्चिन गर्न सकिने हुँदा अन्तिममा प्रक्रियालाई अगाडि बढाउनुको विकल्प नरहेको बताएका छन् ।

काँग्रेसका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले समयमै संविधान नबन्दा दलित, महिला, मधेसी, आदिवासी जनजाति, मुस्लिमलगायत उत्पीडनमा परेका समुदायलाई सबैभन्दा बढी घाटा हुने हुँदा जतिसक्दो चाँडो संविधानका लागि सकारात्मक दबाब दिनुपर्नेमा जोड दिए ।

अर्का केन्द्रीय सदस्य बालकृष्ण खाँडले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलगायत जनआन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्न चाँडो संविधान जारी गर्नुपर्छ भने । नेत्री पुष्पा भुसालले राज्यका हरेक संरचनामा महिलाको समान सहभागिता हुनुपर्ने माग गरे ।

‘चिनारी’ मा अर्घाखाँची जिल्लाका विकास– निर्माणसम्बन्धी तथ्यगत विवरणका साथै ऐतिहासिक, साहित्यिक, सांस्कृति, धार्मिक र पर्यटकीय क्षेत्रसँग सम्बन्धित विषयवस्तु समेटिएको छ ।

सदनका अध्यक्ष प्रा माधवराज गौतमले अर्घाखाँचीबाट काठमाडौँ आएर विभिन्न पेसामा संलग्न जिल्लावासीबीच आपसी सद्भाव र सहयोगको क्षेत्रलाई व्यापक बनाउन २०४१ सालमा सदनको स्थापना गरिएको जानकारी दिएकका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी