बागमती नदी किनारमा बन्यो मान्छेको साङ्लो

बागमती नदी किनारमा बन्यो मान्छेको साङ्लो

  • शनिबार, चैत्र २८, २०७१
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

काठमाडौं, २८ चैत ।

बागमती नदी सफाइ महाअभियानले आज एक सय हप्ता पूरा गरेको छ । नदीलाई पहिलाकै जस्तो सफा र स्वच्छ बनाउने लक्ष्य सहित २०७० साल जेठ ४ गतेदेखि सुरु अभियानले आज एक सय हप्ता पूरा गरेको हो ।

सय हप्ता पूरा गरेको अवसरमा बागमती नदीको किनारमा ५६ किलोमिटर लामो मानव साङ्लो बनाइएको छ । बागमतीको मुहान सुन्दरीजलदेखि चोभारको सुन्दरीघाटसम्मको २८ किलोमिटर हातेमालो गरेर मानव साङ्लो बनाइएको हो ।

राष्ट्रपति डाक्टर रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, बिभिन्न राजनीतिक दलका शीर्ष नेता, स्थानीयबासिन्दा मानवसाङ्लो बनाउन सहभागी भएका छन् ।

सरकारका मुख्यसचिव लिलामणी पौडेलको नेतृत्वमा चलेको अभियानमा २०७१ साल बैशाख १ गते मुख्य सचिव पौडेलसहित धेरैले बागमती नदीमा नुहाएका थिए ।

अभियानको क्रममा विभिन्न ठाउँमा १२ वटा बगैचा पनि बनाइएको छ । २७ वटा बगैंचा बनाउने योजनामा रहेको अभियानले अब १५ वटा बगैचा बनाउने अभियानता मौसम खनालले जानकारी दिए ।

बागमती नदी सरसफाई अभियान सुरु भएपछि अरु सहायक नदीको पनि सरसफाइ भैरहेको छ । सबै नदीलाई पहिलाकै जस्तो सफा र स्वच्छ बनाउने भन्दै अभियान सुरु गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी