प्रधानमन्त्री र राष्ट्रपतिबीच संविधान लेखन बारे छलफल

प्रधानमन्त्री र राष्ट्रपतिबीच संविधान लेखन बारे छलफल

  • शुक्रबार, चैत्र २७, २०७१
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

काठमाडौ, २७ चैत ।

प्रधानमन्त्री सुशील कोइराला राष्ट्रपति डा रामवरण यादवबीच संविधान लेखनको बारेमा छलफल भएको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा आज भएको भेटमा संविधान निर्माण प्रक्रियामा देखिएको गतिरोध तथा सत्ताधारी र विपक्षी दलबीचको सम्वादको बारेमा कुराकानी भएको शीतलनिवास स्रोतले जनाएको छ ।

यही चैत ३० सम्म संविधानसभा स्थगित भएपछि संविधानका विवादित विषयमा सहमति जुटाउन भएको प्रयासबारे प्रधानमन्त्री कोइरालाले राष्ट्रपति यादवलाई जानकारी गराउनु भएको थियो ।

कोइरालासँगै राष्ट्रपति यादवलाई भेट्न पुगेका कानुनमन्त्री नरहरि आचार्यले दुईपक्षबीच संविधान निर्माणबारे गम्भीर छलफल भएको जानाकारी दिए ।

राष्ट्रपतिले सकेसम्म सहममित र संवादबाटै अघि बढ्न सुझाव दिएको कानूनमन्त्री आचार्यले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी